पतञ्जली योग शिविर सम्पन्न

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली असोज ५, तनहुँको व्यास नगरपालिका वडा नंम्बर २  मा रहेको उत्तरशिला टोलमा १० दिने पतञ्जली योग शिविर बुधवार सम्पन्न भएको छ ।
“गरोँ योग रहौँ निरोग” भन्ने मुल नाराका साथ सञ्चालित उक्त शिविरको व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले समापन गर्दै योगले शारिरिक र मानसिक रुपमास मेत स्वास्थ्य राख्ने भएकाले योग गर्न आग्रह गरे । त्यस अवसरमा टोल विकास संस्थाका अध्यक्ष हरिश्चन्द्र घिमिरे, पतञ्जली योग समितिका अध्यक्ष मान बहादुर आले, महामन्त्री राजकुमार श्रेष्ठ, तालघरे टोल विकास संस्थाका अध्यक्ष सोमायाँ गुरुङ, महाविद्यालय प्रभारी शंकरराज नहर्की, सुचना प्रभारी सावित्री श्रेष्ठ, स्वागत प्रभारी रेखा श्रेष्ठ, विद्यालय प्रभारी कुमार मल्ल, ग्रामीण प्रभारी हरिश्चन्द्र अधिकारी आरोग्य साधना केन्द्रका चिजकुमार श्रेष्ठ लगायतले योगको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।
 योग शिविरमा पतञ्जली योग समिति तनहुँका संगठन मन्त्री अर्जुन श्रेष्ठले दश दिन सम्म प्रशिक्षण दिनु भएको थियो  । त्यस अवसरमा विश्व शान्तिको कामना गर्दै सामूहिक होमन कार्यक्रम आयोजना गरिएको थियो । आत्मविश्वास बढाउन, प्रतिभा प्रस्फुटन गराउन, सक्षम बन्न शरिरमा रक्त सञ्चार बढाउन, शरिरका सबै अंगमा अक्सिजनको मात्रा पु¥याउन रोग प्रतिरोधात्मक क्षमता बढाउन योग लाभदायी हुन्छ । विभिन्न प्रकारका रोगहरु जस्तै टाउको दुखाई, कब्जियत हुने,घुँडा दुखाई, कोल्लेस्ट्रोल, मधुमेह, लिभर सम्बन्धि समस्या, ढाँड कम्मरको दुखाईका विरामीले लाभ लिन पाउने भएकोले शिविर गरिएको आयोजकले जनाएको छ ।
 यौनजन्य समस्याहरु र पिसाब आदिसँग सम्बन्धित समस्याहरु, स्त्रिीहरु जस्तै रत्तप्रदर, श्वेत प्रदर, आंङ्ग खस्ने, मासिक धर्मको पिडा, प्रजनन् अंगहरुसँग सम्बन्धित समस्याहरु , प्राष्टेड ग्रन्थी तथा हर्निया सम्बन्धि समस्याहरुबाट मुक्त हुन, चुरोट, सूर्ति, खैनी र मदिराको कुलतबाट मुक्ति हुने प्रक्रिया सहयोग पुग्ने बताईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button