भानुमा बाल अधिकारबारे छलफल तथा अन्तरक्रिया

दमौली खबर संवाददाता
दमौली, असोज ४ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.बाल अधिकार बारे छलफल तथा अन्तरक्रिया गरिएको छ ।  तनहुँमा कक्षा ८,९ र १० का ३५ जना बालिकाहरुको सहभागितामा रुम टु रिड (पढ्नका लागि कोठा कार्यक्रम)ले कार्यक्रम गरेको हो ।
कार्यक्रमा प्रशिक्षण सामुदायिक परिचालकहरु सुस्मिता सुनार र खुस्मानी थारुले गर्नु भएको थियो । उत्त कार्यक्रमको उद्देश्यहरु भनेको विशेष गरेर अहिलेको बदलिदो परिवेश, सामाजिक सञ्जालको अत्याधिक प्रयोग, समाज र समुदायमा भएका र घटेका विभिन्न समसामयिक घटनाहरु र यसबाट संयमित हुनलाई कत्तिको सतर्क रहन आवश्यक छ भन्नेबारे ज्ञान दिनु भएको थियो ।  यस्था घटनाहरु कम गर्नलाई कर्तव्यहरु के के हुन्  कर्तव्यलाई प्रभावकारी बनाउनलाई राज्यमार्फत के कस्ता ऐन तथा नियमावलीहरु बारेमा जानकारी दिईएको थियो । अहिले बाट ज्ञान प्राप्त भयो भने एक असल नागरिक बन्न सक्छौँ त भन्ने विषयमा बालबालिकालाई जानकारी दिईएको थियो । बाल श्रम निषेधित र नियमित गर्ने ऐन २०४८ अनुसार बालबालिका भनेका को हुन ? बाल अधिकार सम्बन्धि महासन्धिले बालबालिकाहरुलाई कसरी हेर्ने गरेको छ ? नागरिकता ऐन, मताधिकार ऐन र संसोधित कार्यविधि २०७२ ले बालबालिकालाई कसरी सम्बोधन गरेको छ ? जस्ता कुराहरु पनि जानकारी दिईएको थियो । नेपालको अन्तरिम संविधान अनुसार बालवालिका का हक अधिकारहरु कुन धारामा उल्लेख गरेको छ , जस्ता विषयमा छलफल भएको थियो । हामीले छलफल गरेका विषय वस्तुहरुले सहभागीलाई जाँगर र उर्जा थपिएको थियो । बालबालिकाहरु जोखिममा पर्न सक्ने अवस्थाहरु र स्थानहरु कहाँ कहाँ रहेका छन ? बाल अधिकारका सिद्धान्त तथा बाकसहरु के के हुन ? भन्ने विषयमा समेत कार्यक्रममा छलफल भएको थियो । यि सबै विषय वस्तुहरु माथि छलपल गर्दा बहिनीहरु लाई घरमा, विद्यालयमा वा अन्य स्थानमा भएका बालबालिकाहरु संग कसरी व्यवहार गर्ने आफु सुरक्षित कसरी रहन सकिन्छ भन्ने कुराहरुको जानकारी भएको पाईएको छ तथा आफनो अधिकारहरु के के हुन् ? आफुसँग भएका गलत व्यवहारहरु कसरी समाधान गर्न सक्निछ भन्ने बारेमा प्रष्ट भएका छन् । अहिलेको समयमा यस्ता विषयहरु सबैजनाका लागि महत्वपुर्ण रहेकाले छलफल, अन्तरक्रिया गर्नुका साथै बाल अधिकारबारे जानकारी दिइएको सिनियर सामाजिक परिचालक लक्ष्मी नेपालले बताउनुभयो ।
        यस्ता खालका महत्वपुर्ण विषय बस्तुहरुमा सम्वन्धित सरोकारवालाहरुले वालबालिकाहरुसँग समय समयमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेमा विभिन्न क्षेत्रमा वालबालिकाहरु अग्रपंत्तीमा रहने र आफ्नो नैसर्गिक अधिकारहरु प्राप्त गर्नलाई जागरुक हुने भएकोले गरिएको नेपालको भनाई छ  । यस्ता कार्यक्रमले गर्दा सामुदायमा घट्ने घटनाहरु न्युनिकरण हुन सक्ने सम्भावना देखिन्छ साथै भोलिका सन्ततिहरुलाई कसरी अधिकारहरु प्रत्याभुत गर्न सकिन्छ भन्ने विषयमा ज्ञान दिन मद्धत पुग्छ’ नेपालले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button