कलाकार शाहको मुद्धाको सुनुवाई असोज २६ गते हुने

दमौली खबर संवाददाता
तनहुँ, असोज ८ गते । स्थगित भएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइको मिति तोकिएको छ । दशैं पछि असोज २६ मुद्धाको पेशी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।  नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर तनहुँ कारागारमा थुनामा रहेका अभिनेता शाहको मुद्दामा असोज २ गते हुने भनिएको थियो । न्यायधिस हरिश्चन्द्र ढुङ्गाना विदामा भएकोेले सो दिन पनि स्थिगित भएको थियो ।
 यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश दल बहादुर केसी अनुपस्थित भएकाले सुनुवाइ हुन नसकेको अदालतले जनाएको छ । चिट्टा थुत्ने क्रममा विदामा रहेका न्यायधिसको नाम परेपछि यस अघि भदौ १५ र असोज २ गतेको सुनुवाई स्थिगित हुन पुगेको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
कलाकार शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले उहाँलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button