म्याग्दे गाँउपालिका भित्रका अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई घरमा नै पुगेर खोप

दमौली खबर संवाददाता
     वि वि श्रेष्ठ
किलचोक – तनहुँ
म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ति शिविरको चौथो दिन म्याग्दे ३, को किलचोकमा शारिरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा नै गएको कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिईएको छ ।
पुर्ण अशक्त रहि क श्रेणीको अपाङ्गता रहेका वर्ष ३२ का पुर्ण वहादुर सारु, वर्ष २८ को कृष्ण वहादुर थापा, सोही ठाँउ वस्ने, वर्ष ३३ को विहिसरा थापा र हुन्चिङ्ग निवासी वर्ष २९ को नारायण वहादुर हुन्चिङ्गको घर घरमा नै गएर कोभिड विरुद्धको खोप र स्वास्थ्य सेवा दिईएको हो । अपाङ्गताहरु वडा र पालिकामा आउन नसक्ने र घुम्ति शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएको हुदाँ निजहरुको घर घरमा नै गएर खोप र अन्य स्वास्थ्य सेवा दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
स्पाईनल ईन्जुरीको कारण पुर्ण रुपमा शारिरिक अपाङ्ग भई ओछ्यानमा रहेका २९ वर्षिय नारायण वहादुर हुच्चिङ्ग कोभिड खोप र स्वास्थ्य सेवा पाँउदा ह्दयदेखि नै खुशी भएको वताए । समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई सरकारले विशेष ध्यान दिनुपर्ने वहाँले वताए ।
चौथो दिनसम्ममा सात ठाँउको शिविर सम्पन्न हुंदा कोभिड १९ विरुद्ध वयस्क फाईजर खोप २६७ जनाले लिएका छन् । जस मध्ये १७ जनाले पहिलो मात्रा, १८ जनाले दोश्रो मात्रा तथा २३२ जनाले तेश्रो/बुष्टर मात्रा खोप सेवा लिएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले वताए ।
वडा नं. १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही समेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भईसकेको पालिकाले वताएको छ । शिविर असोज २ देखि २०७९ असोज ३१ गते सम्म चल्नेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button