लागुऔषधको बिरुद्ध सचेतना जगाऔं

दमौली खबर संवाददाता
तनहुँ प्रहरी बुधबार २२ किलो गाँजा सहित तनहुँ प्रहरीले बुधबार विहान दुई महिला र एक पुरुष गरी तिन जना पक्राउ गरेर राम्रो काम गरेको छ । पृथ्वी राजमार्ग सडक खण्डमा पर्ने अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा जाँदै गरेको मे १ ख ३१९५ नं.को बसलाई रोकी चेकचाँज  गर्ने क्रममा उक्त बसमा सवार तीन जनालाई प्रकाउ गर्न सफल भएकोले टोली धन्यवादको पात्र बन्नु भएको छ । यसरी प्रहरीले पक्राउ गर्दा कारोबारीको मनोबल गिर्न पुग्दछ । उनिहरुले लुकाई छिपाई ल्याएको ठुलो परिमाणको २२ किलो १८५ ग्राम अवैध लागू औषध गाँजा फेला परेको र सङ्लग्न तिनै जनालाई नियन्त्रणमा लिनेलाई प्रहरीले सम्मान गर्नुपर्छ । प्रहरीले राम्रो कार्य गर्नेलाई पुरस्कृत गर्न सक्यो भने काममा प्रेरणा मिल्छ भविश्यमा पनि समात्न जागरुक बनाउँछ ।
 तनहुँमा सबैभन्दा धेरै मध्यमा पर्दछ लागू औषधको कारोबार । यसले समाजमा अपराध बढाईरहेको छ । सचेतनको अभावले छिटो धनी हुने र नशा लागेकोले तलतल मेटाउन लागू औषध धेरै कारोबारीहरु सक्रिय हुन्छन् । विशेष विद्यालय शिक्षामा नैतिक शिक्षालाई प्राथमिकता नदिने, अभिभावकले ध्यान कम दिने जस्ता कारणले समाजमा दिन प्रतिदिन अपराध बढीरहेको  छ । रोग लागेर उपचार गर्न भन्दा रोग लाग्न नदिनु राम्रो हो भन्ने कुरालाई व्यवहार उर्तान सक्नु पर्दछ । कुलतमा बालबालिका फसिसकेपछि भविश्यमा त्यसबाट छुटकारा पाउन कठिन हुन्छ । त्यसैले लागू औषत विरुद्ध सचेतना कार्यक्रमलाई व्यापकता दिनुपर्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button