महिलालाई रोजगारी दिन व्युटिसियन तालिम प्रदान

दमौली खबर संवाददाता

दमौली, चैत १२

महिलाहरुलाई आत्मनिर्भर बनाउने दमौलीमा व्युटिसियन तालिम प्रदान गरिएको छ व्यास नगरपालिका ३ स्थित सपना व्युटि पार्लर एण्ड टे«निङ सेन्टरले चार महिने बेसिक र डिप्लोमा सम्बन्धी व्युटिसियन तालिम प्रदान गरेको हो । उक्त बेसिक व्युटिसियन तालिममा ८ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागीलाई सपना व्युटि पार्लरकी संचालक धन माया पौडेलले प्रशिक्षण दिनु भएको थियो । समापन कार्यक्रममा तालिममा सहभागी सोनी गुप्ताले व्युटिसियन व्यवसाय गरेर आत्मनिर्भर हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तनहुँ सौन्दर्य व्यवसायी संघकी संस्थापक अध्यक्ष शकुन्तला आलेले महिलाहरु व्युटिसियन व्यवसाय गरेर आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button