आँबुखैरेनीबासीलाई आँखा उपचारमा सहज

दमौली खबर संवाददाता

आँबुखैरेनी, माघ ५

तनहुँको आबुखैरेनी गाउँपालिकावासीलाई आँखा उपचारको लागि सहज हुने भएको छ । लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल र आबुखैरेनी गाउपालिकाको कार्यलयले सयुक्त रुपमा अाँबुखैरेनी अस्पतालमा नै आँखा उपचार केन्द्र सञ्चालन गरिने भएकोले सहज भएको हो ।

आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा गाउँपालिका बाट भरतपुर आँखा अस्पतालमा पुगेको टिम र लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल बिच दुई पक्षिय सम्झौता भएको छ । यो सेवा सञ्चालन गरेपछि गाउँवासीलाई आँखा उपचारको लागि टढा धाउनु नपर्ने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button