बालमन्दिरमा मुटु रोगका बिरामीको स्वास्थ्य परीक्षण

दमौली खबर संवाददाता

दमौली १७ बैशाख

दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयमा मुटु रोग परिक्षण शिविरबाट सात हजार विद्यार्थी लाभाविन्त भएका छन् । इटालियन र नेपाली चिकित्सकद्वारा सो सख्यामा स्वास्थ्य परीक्षण गरिएको हो ।

वैशाख १५ र १६ गते दमौलीको बालमन्दिर माध्यमिक विद्यालयको प्राङगणमा व्यास नगरपालिकाद्वारा आयोजित शिविरमा ति मुटु रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । मुटु रोगबाट ग्रस्त १८ वर्ष भन्दा कम उमेरका बालबालिका र अन्य व्यक्तिहरुको गरी ७ हजार जनाको मुटु परीक्षण गरिएको व्यास नगरपालिकाले जनाएको छ । ५० जना भन्दा बढी नेपाली र इटालियन विशेषज्ञ चिकित्सकहरुले ति व्यक्तिहरुको मुटुको स्वास्थ्य परीक्षण गरेका थिए । व्यास नगरपालिकाको आयोजना तथा सेभ द हट काठमाडौंको प्राविधिक सहयोगमा आयोजित २ दिने निःशुल्क शिविरमा ति व्यक्तिहरुको मुटु रोग सम्बन्धी परीक्षण गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । मुटु रोग परीक्षण गर्न पाउदा त्यसबाट प्रभावित भएका बालबालिका, अभिभावक र शिक्षकहरु उत्साहित भएका थिए । उनीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य परीक्षण कार्यक्रम निकै फलदायी भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button