आन्तरिक पर्यटन पुनरुत्थान समितिमा खनाल

आन्तरिक पर्यटन पुनरुत्थान समिति तनहुँको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान, कोशाध्यक्षमा फुलमति थापा रहेका छन । त्यस्तै सदस्यहरूमा रामचन्द्र खड्का, सुजन अधिकारी, सुजन श्रेष्ठ, अरूण श्रेष्ठ र संगिता प्रधान रहेका छन । आन्तरिक पर्यटन पुनरूत्थान समिति ( गण्डकी प्रदेश ) का संयोजक अग्नि कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहसंयोजक संजयकान्त सिग्देल तथा सदस्य सचिव विमल कंडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संयोजक कंडेलले तनहुँ जिल्लामा आन्तरिक पर्यटन सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरि कोभिड १९ बाट प्रभावित भएको पर्यटनलाई गतिशील बनाउनका लागि समिति गठन गरिएको बताएका थिए । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, पर्यटनविद हरिसिंह गुरूङ, तनहुँ उवासंघ बन्दीपुर सभापति बैँश गुरूङ, क्षेत्रीय होटल संघ तनहुँका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, बन्दीपुर सभापति विपिन प्रधान, डुम्रे सभापति रामचन्द्र खड्का लगायतले सफलताको सुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचित अध्यक्ष खनालले सबै स्थानीय तह, पर्यटन संघ संस्था लगायत संग समन्वय गरी आन्तरिक पर्यटनलाई माथि उकास्ने बारेमा आफू र आफ्नो टिमले काम गर्ने बताए । समितिको पहिलो बैठकले ३ जनालाई सल्लाहकारमा समेत चयन गरेको छ । हरिसिँह गुरूङ , बैकुण्ठनाथ मिश्र र बैँश गुरूङलाई बैठकले चयन गरेको हो । गण्डकी प्रदेश सदस्य राम जोशिले सहजिकरण गरि उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button