डिस होमको चिट्ठा रकम व्याजमा

डिसहोमा डिलर दाइको डिसकाउन्ट योजना अन्तर्गत विजेताहरुलाई पुरस्कार दिइएको छ । विजेता भिमाद ९का स्थानीय हर्कबहादुर मल्ललाई डिशहोमका गण्डकीका इञ्चार्ज राज पौडेलले एक लाखको चेक पुरस्कार दिएका हुन्। हर्कले उक्त पुरस्कारको रकम ब्याजमा लगाउने सोच राखेका छन् । उनले भने,‘यस्तो अफर हुन्छ भनेर मलाई थाहा थिएन, अब यो रकम व्याजीमा लगाउछु अनि मासिक शुल्क तिर्छु । ’

उनले अघि भने,‘अहिले सम्म गरेको खर्च सहि ठाँउमा परेछ भन्नी भएको छ ।’ उनले भिमादको ठाडोलाईनमा रहेको ए टु जेड मोबाईल पसलबाट एक वर्षको लागि रिर्चाज गरेका थिए । पुरस्कार राशी प्रदान गदै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष कृष्णराज पण्डितले उक्त पुरस्कार उद्यम क्षेत्रमा लगानी गर्न सुझाव दिए । त्यसैगरी ए टु जेड मोबाईल पसलका डिलरदाईलाई पनि १० हजार प्रदान गरिएको छ ।

डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवेबाट ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराइन्छ। डिसहोमले ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर ल्याएको पौडेलले बताए । साप्ताहिक लक्की ड्र कार्यक्रम माघ २७ गतेदेखिबाट वार्षिक रिचार्ज गर्ने ग्राहकको लागि मात्र लागू हुनेछ ।

लक्की ड्र फागुन २ गतेबाट डिसहोमको सोकेस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुत्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्नु हुने ग्राहकलाई आउने शुत्रबारको लक्की ड्र मा समावेश गरिनेछ । फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्र साप्ताहिक लक्की ड्र मा समावेश गरिनेछ । समावेश भएका ग्राहकको डिस होम सेट–टप बक्सको सीएएस आइडीको आधारमाविजेताको घोषणा गरिनेछ ।

विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिनेछ । नेपालभरि रहेका जुनसुकै डिसहोमका डिलरमार्फत ग्राहकले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् । उक्त अफर माघ महिनाको मसान्त सम्म मात्र रहेको जनाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button