काँग्रेस तनहुँद्धारा एकलौटी ढंगले अघि बढ्ने संकेत

दमौली खबर संवाददाता
तनहुँ, भदौ १२ गते । नेपाली काँग्रेस तनहुँले पाटीसँग असतुष्ट पक्षसँग एकलौटी ढंगबाट अघि बढ्ने संकेत गरेको छ । वार्ता र संवादको प्रक्रियाबाट  विभिन्न कारणबाट पार्टीबाट अलग भएकालाई मूलधारमा ल्याउनु पर्नेमा सो नगरीकन उद्यारो आश्वासनको विज्ञप्ती जारी गरेको छ  । काँग्रेस तनहुँले आईतबार  विज्ञप्ती जारी गरि कारबाही गरेका र पार्टीमा असन्तुष्ट भई स्वतन्त्र रहेकालाई विना सर्त पार्टीमा फर्कन आव्हान गरिएको हो । विना सर्त कोही पनि नफिर्किने हुँदा एकलौटी तवरबाट अघि बढ्ने अवस्था देखिएकोे राजनीतिक विश्लेषकको भनाई छ । पार्टी कमजोर भएपनि स्थानीयत तहको निर्वाचनको समयमा जस्तै सिमिति व्यक्तिहरुको स्वार्थ सिद्धीको लागि वार्ताको ढोका बन्द गर्ने देखिएको छ ।
      साच्चिनै पार्टीलाई एकताको मालामा बाध्ने हो भनि असतुष्ट रहको नेता गोविन्दराज जोशी र उहाँको समुहसँग गहन वार्ता गरेर मेलमिलापको वातावरण मिलाउनु पर्ने थियो । वार्ताको लागि कुनै पनि कदम नचालेर विज्ञप्तीबाट पार्टीमा फर्किन अपिल गरिएको छ । वार्ता, संवाद नगरीकन विज्ञप्तीको भरमा आफू अपमानित हुन कोही पनि चाहदैन भन्ने कुराको समेत ख्याल गरिएको छैन । जिल्ला सभापति जीतप्रकाश आलेद्धारा जारी विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीको जिम्मेवार निकायबाट न्याय पुर्ण निर्णय गर्न प्रयत्न गर्दागर्दै केहि साथीहरु पार्टीबाट राजिनामा दिई वा पार्टीका उमेदवार विरुद्ध सङगठित अभियानमा लागि विचलित हुनुभएको पार्टीलाई क्षति पुगेको जनाउँदै पार्टी नेतृत्वमा धेरै लामो समयसम्म रहनुभएका साथीहरु पार्टी मुलधारभन्दा बाहिर रहनुहुन्न भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिको भाद्र ९ मा बसेको पुर्ण बैठकले सबैलाई बिना सर्त मुलधारमा फर्कन आव्हान गरिएको उल्लेख छ  ।
व्यास नगरपालिका लगायत विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार बनेकालाई कसरी समेट्न सकिन्छ भन्ने उपाए नखोजी कुनै सर्त पनि नराखि आउन भनिएकोले विज्ञप्तिको कुनै तुक नहुने देखिएको छ ।  उचित सम्मान र मुल्याङकनमा आगामी दिनमा कुनै विभेद नहुने उधारो आश्वासन मात्रै दिइएको छ ।  २०७४ सालको सङ्घीय निर्वाचन देखि नै नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशी र उहाँका निकट कार्यकर्ता पार्टीबाट  अगल रही छुट्टै स्वतन्त्र अभियान चलाएको छ । गत वैशाख ३० गते सो समुहले स्वतन्त्र उम्मेदवारी दिएको थियो  । गठबन्धन भएकोले देशै भरी  स्थानीय तहको निर्वाचनको मत परिणामले काँग्रेसलाई फाइदा पुगेपनि तनहुँमा भने नोक्सान भएको थियो । गत स्थानीय निर्वाचनमा काँग्रेस एक्लैलेले समवन्य समिति बनाउन सफल भएकोमा यसपटक आफ्नो सिट नपुगेर माओवादी केन्द्रसँग हातेमालो गरेको थियो । ५० वटा वडा जितेको काँग्रेस बढ्न पर्नेमा घटेर ४७ पुगेको थियो ।
पार्टी भित्र भिन्दै अभियान सञ्चालन गर्दा टाउको दुखाई बिषय भएको तनहुँ काँग्रेसलाई स्थानिय निर्वाचन २०७९ मा असन्तुष्टहरुले तेश्रो धारको रुपमा स्वतन्त्र अभियान सञ्चालन गरेको थियो । सो समयले प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यालय सञ्चालन गरेको । स्थानीय तहको निर्वाचानको समयमा वितरण गरिएको टिकट प्रति असतुष्ट जनाउँदै पार्टी परित्याग गरेका थिए । जोशी समुहले पालिकाहरुमा स्वतन्त्र उम्मेदवारी दिएको थियो । स्थानीय तहको निर्वाचनको जस्तै एकलौटी अघि बढेको काँग्रेस तनहुँले २०७४ को नियती भोग्नु पर्ने राजनीतिक विश्लेषकहरुको छ । १८ वर्ष देखि सत्ता बाहिर रहनु भएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।
सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेता जोशीले आगामी संघीय चुनावमा  घोषणा गरिसक्नु भएको छ । नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सक्नु भएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाही प्रति तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् । पार्टी भित्रको समस्या वार्ता माध्यमबाट समाधान नगरेमा काँग्रेस तनहुँलाई क्षति हुने देखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button