दमौली अस्पताललाई जग्गा प्राप्त

दमौली, भदौ १३
तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताललाई जग्गा प्राप्त भएको छ । अस्पताल विकास समितिले लामो समय देखि जग्गा प्राप्तीको लागि पहल कदमी गरिरहेको भएपनि बल्ल सफलता मिलेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले  अस्पतालको स्तरउन्नतीको लागि जग्गा प्राप्ती प्रयोजनार्थ कृषि ज्ञान केन्द्र तनहुँको नाउँमा जग्गा भएको जग्गा दुई रोपनी र भेटेनिरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको साँझ सिमाना मिल्नेगरी २ रोपनी गरी तीन रोपनी आठ आना जग्गा भोगचलनको प्राप्त भएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो ।
दमौलीमा २०५९ मा १५ शैयाको जिल्ला अस्पताल खुले पनि सेवा दिन थालेको झन्डै दुईदशक पुग्न थाल्दा क्षमता अझै पुरानै आकारको छ ।  १५ बेड क्षमताको अस्पतालमा ५० बेड सञ्चालन ल्याईएको छ तर जनशक्ति भने थप हुन सकेको छैन । जग्गा अभावले गर्दा क्षमता विस्तार हुन नसक्दा दरबबन्दी समेत थप नभएकोले सेवा प्रवाह गर्न समस्या परेको छ । यो जग्गा प्राप्ती भएसँगै अन्य जग्गाहरु पनि प्राप्ती हुने अपेक्षा समितले गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button