वृहत स्वास्थ्य शिविरको लागि ताइवानका चिकित्सकको टोली दमौलीमा शिविरको मूख्यमन्त्री पोखरेलले आज उद्घाटन गर्दै

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, कात्तिक १४ । रोटरी क्लव अफ दमौलीको आयोजनामा दमौली अस्पताल र ताइवानका रोटरियनहरुको सहयोगमा कात्तिक १५ र १६ गते दमौलीमा हुने निशुल्क वृहत्त स्वास्थ्य शिविरमा ताइवानका रोटरीयन चिकित्सकहरुको टोली दमौली आइपुगेको छ । उनिहरुलाई रोटरी क्लव अफ दमौली तनहुँले सोमवार स्वागत गरेको छ । क्लवका अध्यक्ष रामलाल श्रेष्ठले विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित नगरबासीहरुलाई विशेषज्ञ डाक्टरहरुबाट विभिन्न रोगहरुको निशुल्क परिक्षणका लागि ताइवानबाट ७४ जनाको टोलीलाई स्वागत गरिएको बताउनुभयो  ।
मंगलवार र बुधवारबाट दमौली अस्पतालको प्राङगणमा  वृहत स्वास्थ्य शिविर हुने उनले बताउनुभयो  । स्वास्थ्य शिविरमा दात, हातजोर्नी आखा, स्त्रि तथा प्रसुती रोग, योनरोग, बालरोग विशेषज्ञ, प्रयोगशाला परिक्षण सेवा, एक्सरे÷भिडियो एक्सरे सेवा उपलव्ध गराइनेछ । उक्त शिविरमा निशुल्क औषधी समेत वितरण गरिने बताइएको छ ।
व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको विशेष सहयोगमा सञ्चालन हुने उक्त शिविरको इनरह्विल क्लव दमौली, रोट¥याक्ट्र क्लव अफ दमौली, रोट¥याक्ट क्लव वेदव्यास र रोट¥याक्ट क्लव भानु र भिमादले स्वयमसेवि र दमौली अस्पताल, रोट¥याक्ट क्लव अफ पोखरा र रोटरी क्लव अफ ताइवानको विशेष सहयोगमा उक्त शिविर सञ्चालन हुने बताइएको छ ।
आयोजकले उक्त शिविरबाट समस्त जिल्लाबासीलाई रोगको निशुल्क परिक्षण र उपचार गर्ने अवसरको सदुपयोग गर्न समेत आग्रह गरेको छ । शिविर निशुल्क औषधी वितरण गरिने आयोजकले जनाएको छ । शिविरको गण्डकी प्रदेशका मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नु हुनेभएको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button