समाजसेवी गुरुङद्धारा विद्यालय पोशाख सहयोग

दमौली खबर संवाददाता
बाबुराम खनाल
दमौली,पुस ९ ।
तनहुँको भानु नगरपालिका वडा नंं. चन्दनीमा रहेको चण्डिकालाल आधारभुत विद्यालय र सोही विद्यालयमा रहेको चण्डिका बालगृहमा रहेका विद्यार्थी शिक्षक  तथा कर्मचारीहरुलाई स्थानीय समाजसेवी अमरसिंह गुरुङले विद्यालय पोशाक सहयोग गर्नु भएको छ ।
गुरुङले ६२ जना विद्यार्थी, तीन जना शिक्षक र तीन जना कर्मचारीलाई एक लाख २९  हजार मुल्य वराबरको निशुल्क विद्यालय पोशाक वितरण गर्नु भएको हो  । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच वडानम्बर ७ का वडाध्यक्ष खुमप्रसाद श्रेष्ठ र सहयोग दाता  गुरुङले सयुक्त रुपमा पोसाक वितरण गर्नुभयो । वडाध्यक्ष खुमप्रसाद श्रेष्ठले समाजसेवी तथा वालगृहका अध्यक्ष समेत रहेका अमरसिंह गुरुङले जाडोको समयमा कपडा वितरण गर्नु सह्रानीय काम भएको बताउनुभयो ।
समाजसेवी गुरुङकै पहलमा उक्त बालगृह सञ्चालन हुँदै आएको र बालगृहको सम्पूर्ण खर्च समेत समाजसेवी गुरुङले नै बेहोर्दै आएको र आगामी दिनमा वडा कार्यालयले समेत बालगृहलाई सहयोग गर्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कवि जिसीको पहिलो कविता सङ्ग्रह ‘तृष्णा सागर’ को विमोचन
तनहुँ समाचारदाता÷अमरराज नहर्की
तनहुँ, पुस ९ गते । तनहुँको व्यास नगरपालिका–११ फराकचौर निवासी कवि राजेन्द्र जिसी ‘यसत’ पहिलो कविता सङ्ग्रह ‘तृष्णा सागर’ को विमोचन गरिएको छ । २६ वर्ष नेपाली सेनामा जीवन समर्पण गर्नु भएका पूर्व सेनानी जिसीले जीवनका भोगाइलाई समेटेर तयार पारेको सो कविता संग्रहको विमोचन व्यास नगरपालिकाका प्रमुख वैकुष्ठनाथ न्यौपानेले गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले जीवनको भगाईबाट धेरै शिक्षा प्राप्त गर्न सकिने हुँदा  साहित्यको रुपमा वर्णन गर्दा समाजलाई पथ पर्दशन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै साहित्यमा प्रयोग हुने शब्दको शक्ति बढी  तागतिलो हुने बताउनुभयो  ।
     कृर्तिमा ५८ वटा कविता रहेका छन् । अधिकांश कविता आफ्नो व्यक्तिगत जीवनको भोगाई एवम् विकृति, विसङ्गती र भ्रष्ट्राचारका विरुद्धमा लेखिएका छन् । कृतिको समिक्षा गर्दै पेशल आचार्यले हरेक कविताको केन्द्रमा देश, देशसेवा, राष्ट्रभक्ति, गाउँघरको माया, गाउँले जीवन, सङ्घर्षलाई हरसम्भव उठाउने जर्मको गरेको बताउनुभयो । कवि नारायणप्रसाद अधिकारीले जागिर, घर, समाज या घरदेश जहाँ भएपनि हृदयभित्रको सर्जक क्रियाशिल रहन्छ भन्ने कुरा कृतिबाट झकिल्ने बताउनुभयो ।
गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गीतकार सागर उदाशले सृजना पढ्दा कविको मन र  मुटुमा राष्ट्रप्रेममा ओतपोत भएर कविता लेख्न रुचाउने कविको रुपमा पाइने बताउनुभयो ।  कार्यक्रममा नेपाली लेखक सङ्घकी केन्द्रीय सदस्य गौकुमारी न्यौपाने, साहित्यकार प्रकाश न्यौपाने, चक्रबहादुर अधिकारी, दिवाकर भट्टराई, हरिश्चन्द्र वाग्ले लगायतका वक्ताहरुले आगामी दिनमा अन्य कृतिहरु प्रकाशित गर्न लेखक जिसीलाई आग्रह गर्नुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button