मिलिजुली युवा कप तथा ल्होसार सास्कृतिक कार्यक्रम हुने चर्चित गायिका प्रीति आलेले मेला तताउने

दमौली खबर संवाददाता
दमौली , पुस ९ गते । बन्दीपुर गाउँपालिका–६ खहरे स्थित मिलिजुली युवा क्लबको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता तथा ल्होसार सास्कृतिक कार्यक्रम हुने भएको छ । क्लबको ५ औं वार्षिकोत्सव तथा षौष ल्होसारको पूनित अवसरमा हरेक वर्ष झैं यस पटक पनि कार्यक्रम गर्न लागिएको हो । गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्व वृहत ढंगबाट सम्पन्न गर्न क्लबका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिनुभयो । यही पुस १५ गते सास्कृति कार्यक्रम गरिने र १६ गते भलिबल प्रतियोगिता सुरु गरिने क्लबले जनाएको छ ।
प्रथम पुरस्कार ४४ हजार ४४४ र दुईवटा कुखुराको भाले द्धितिय पुरस्कार ३३ हजार ३३३ एक भाले, तृतिय पुरस्कार २२ हजार २२२ र एक भाले साथै मेडल पुस्कार दिईने खेल संयोजक सिद्धान्त थापा मगरले जानकारी दिनुभयो । १५ गते साँझ हुने सास्कृतिक कार्यक्रमको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले उद्घाटन गर्ने, भलिबल प्रतियोगिताको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाट गर्ने र समापन पुस १८ गते नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा  गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमानले गर्ने आयोजकले दमौलीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
१५ गते हुने ल्होसार सास्कृति कार्यक्रममा चर्चिच गायिका प्रीति आले लगायतका कलाकारहरुको प्रस्तुति हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button