प्रेस युनियन तनहुँका अध्यक्ष नहर्की सम्मानित

दमौली खबर संवाददाता
तनहुँ, पुस १० गते । नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की दमौलीमा सम्मानित हुनु भएको छ । पत्रकारिता क्षेत्रबाट विद्यालयको विविध गतिविधी समुदाय समक्ष सूचना सम्प्रेषण गरी विद्यायको गरिमालाई उच्च राख्न सहयोग गरेको भन्दै दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले ४७ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।
 दुई दशकदेखि पत्रकारितामा सक्रिय अध्यक्ष नहर्कीलाई नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक एकबहादुर गुरुङले शुक्रबार संयुक्त रुपमा सम्मान पत्र तथा नगद प्रदान गरी सम्मान गर्नुभएको थियो । पुरस्कारको राशी दुई हजार पाँच सय रुपियाँ छ ।
पत्रकार नहर्कीले थुप्रै मान सम्मान पाईसक्नु भएको छ । उहाँले नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुरस्कार लगायत दजनौं पुरस्कार तथा मान सम्मान पाई सक्नुभएको छ । अध्यक्ष नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता, दमौली एफएमको स्टेशन म्यानेजर तथा दमौली खबर दैनिकको कार्यकारी सम्पादक हुनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button