कोशेली घर सञ्चालनको लागि सबैले मद्धत गरौं

नेपालका उद्यमी तथा कृषकको मूख्य समस्या भनेको नाफा कमाउनुको सट्टा लागत मूल्य उठाउन समेत धौ धौ हुने । विषेश गरी छिमेकी मुलक चीन र भारताबाट आयतित समानसँग प्रतिस्पर्धा गर्न नसक्नु हो । आधुनिक औजारको प्रयोग र सुलियतपूर्ण कर्जा तथा ठुलो संख्यामा उत्पादन हुने भएकोले लागत मूल्य नउ्ठे जोखिम नेपालमा छ । विशेष गरेर नाफा धेरै बिचौलियाले खाने भएकोले उत्पादन कर्ता मर्कामा परेका छन् । विचौलियाको अन्त्यको लागि गाँउका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण गर्न दमौलीमा कोशेली घर स्थापना गरिएको यसलाई सञ्चालनमा ल्याइनु पर्दछ । घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्धारा ‘व्यास कोशेली घर’ स्थापना हुन खुसीको कुरा हो यसको लागिउत्पादित कृषिबाली तथा विभिन्न सामग्रीहरुको बिचौलीयाको अन्त्य गरी सिधै उपभोक्ताको पहुँच पुग्ने हुँदा खरीद गर्नेलाई खरीद कर्ता र उत्पादन गर्ने दुवैलाई फाइदा पुग्ने र उत्पादनकर्ताको बिचौलीको जरुरी नपर्ने यसको उद्धेश्य धेरै राम्रो छ । यस्ता कोशेली घरले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहजरुपमा बिक्री गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कोशेली घर’ सञ्चालनको अवधारणा ल्याइएको बताइएको छ । महिला उद्यमीले तयार गरेका सजावट तथा व्यवस्थापनका सामग्री घुम्न आउने आन्तरिक एवम् बाह्य पर्यटकले खरिद गरेर लैजान सक्नेछन् । तनहुँका विकट क्षेत्रमा उत्पादित वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले लघु तथा घरेलु उद्यमीलाई बजारीकरणमा टेवा दिने देखिन्छ । यसलाई सञ्चालनको लागि आवश्यक बिउ पूजीको लागि सबैले साथ दिनु पर्ने देखिन्छ । उत्पादित समान खरीद गर्नको लागि बिउ पूजी चाहिन्छ त्यसलाई जुटाउन सबैले ध्यान दिनु पर्दछ ।

घरेलु तथा साना उद्योग कार्यालयको हाताभित्र निर्माण गरिएको एक कोठे भवनमा कोशेली घर सञ्चालन गर्न लागिएको यही फागुन २९ गते उद्घाटन गर्ने तयारी भईरहेको सबैले सहयोग गरौं । कोदो फापर, मास, तरुल, गिठा, भ्याकुर, मस्यौरा, हात तथा तानले बुनेका झोला, टोपी, स्विटर, पच्छौरी, विभिन्न उत्पादन विक्रीको लागि यसले सहज बनाउँदछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button