अध्यक्ष भट्टराईद्धारा दुई लाख २० हजार सहयोग

दमौली खबर संवाददाता

दमौली, असोज २२

नेपाली कांग्रेस पार्टी कार्यालय निर्माणको लागि नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले रकम सहयोग गर्नु भएको छ । भट्टराईले आईतबार विपी स्मृति भवन दमौलीमा पुगेर दुई लाख २० हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

सो रकमको चेक अध्यक्ष भट्टराईले नेपाली कांग्रेस तनहुँका कार्यालय सचिव राजेन्द्र अर्याललाई हस्तान्तरण गर्नु भएको थियो । घर निर्माणको लागि सबैले मन मुकाउनु पर्ने र यसको लागि सबैले सहयोग गर्नु पर्ने भट्टराईले बताउनुभयो ।

Show More

Related Articles

Check Also
Close
Back to top button