शिक्षक संघ व्यास नगर समितिको पदस्थापन सम्पन्न

दमौली खबर संवाददाता

दमौली÷१७, माघ

नेपाल शिक्षक संघ व्यास नगरपालिका तनहुँको व्यास नगर समितिको मंगलबार पदस्थापन गरिएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदहरुमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम गरिएको हो ।

नेपाल शिक्षक संघका पूर्व केन्द्रिय उपाध्यक्ष ब्रह्मदत्त तिमल्सेना, संघकी केन्द्रिय उपमहासचिव पुष्पकला भट्टराई, शिक्षक संघ तनहुँकी कार्यबाहक अध्यक्ष रसमाया गुरुङ, शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल (आरसी) ले नवनिर्वाचित ति पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरणका साथै सपथ ग्रहणपछि पदभार समेत ग्रहण गराइएको थियो ।

व्यास नगर कार्य समितिका पूर्व अध्यक्ष विरबहादुर बस्नेत र सचिव खेम रेग्मीले नवनिर्वाचित अध्यक्ष इन्द्रप्रसाद पौडेल, उपाध्यक्ष टिकाराम दाहाल, मनु सापकोटा, सचिव रुपा घिमिरेलाई माइन्युट हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमल्सेनाले प्रजातान्त्रिक आन्दोलनमा शिक्षक संघले पु¥याएको योगदान महत्वपूर्ण भएपनि सरकारमा पुगेकाहरुले शिक्षकको समस्या समाधानमा ध्यान नदिएकोले शिक्षकहरु पछाडी परेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष इन्द्रप्रसाद पौडेलले व्यास नगर समितिलाई नयाँ ढंगबाट हाक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचनमा पराजित साथीहरुलाई समेत समेटेर शिक्षक संघ व्यास नगर समितिलाई सशक्त बनाउने अध्यक्ष पौडेलको भनाई थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button