मेरी आमा

मेरी आमा भन्नुहुन्छ यही छोराले केही गर्छ
भविष्यको सहारा यो मेरो ओठमा हाँसो छर्छ

धेरै सहेँ दु:ख कष्ट यसका लागि मैले सँधै
नचल्दा यी हातपाऊ लौरी मेरो बन्नुपर्छ

सर्वस्व नै सुम्पेँ मैले जिन्दगानी यसका लागि
ढल्केपछि उमेर यो अब मलाई यसकै भर छ

जे गरेथेँ यसका लागि भुल्दैन यो थाछ मलाई
गरे यसले पिण्डदान आत्मा मेरो नदी तर्छ

श्रीमतीको कुरा सूनी हेला मलाई गर्ने हो कि
दिनरात पोल्छ छाती यही कुराकै मलाइ डर छ

भुलेर ती सारा त्याग बाटो यसले मोड्यो भने
जस्तो कर्म उस्तै फल नातिमा नि त्यही सर्छ

पश्चातापले जल्छ मुटु सम्झी मलाई सँधै भरी
रसाएर नयन ती साउने त्यो भेल झर्छ

शर्मा जी
रामेछाप
हाल(भक्तपुर)

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button