गरिवी निवारणका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका वडा नं ७ को स्वामीभञ्ज्याङ्गमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको सो कार्यक्रम वडा नं ७ को वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

सिप सिकेर आत्मनिर्भर वन्ने मुख्य लक्ष्य राखेको कार्यक्रमका प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कुनै पनि सानो ठुलो सानो व्यवसायमा सकारात्मक सोच राखेर अगाडी वड्ने हो भने सफलता पाउने वताउनुभयो । काम आफैमा सानो ठुलो हुदैन, यसका लागी सकारात्मक सोच र ईच्छाशक्ति हुनु जरुरी छ । सिप नै जीवनको मुख्य आधार भएको हुदाँ हातमा सिप हुनेहरु कहिल्यै खाली वस्नु नपर्ने वताउनुभयो । सिकेका सीपको निरन्तरता र व्यवहारिक कार्यन्वयनले यसको महत्व हुने हुँदा तालिम लिएर मात्र हैन, त्यसको अभ्यासले स्वलम्वी वन्न सकिने अध्यक्ष श्रेष्ठले वताए । लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले विशेष गरेर कृषि र व्यवसायलाई प्राथमिकता दिएको छ । जसले गर्दा दीर्घकालिन रुपमा स्वलम्वी र आत्मनिर्भर वन्न सकिन्छ । आम जनताको चेतनास्तर, आर्थिक स्तर उकास्न पालिका सदैव क्रियाशिल रहने पालिका अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

यसैगरि गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले गरिवी निवारणका लागी गरिएको यो अभिमुखीकरण कार्यक्रम अत्यन्त फलदायी भएको वताउनुभयो । सानो सानो लगानी गरेर पनि सफल हुन सक्ने हुदाँ त्यसका लागी मुख्य आधार भनेका सिप नै भएको वताए । सिप सिकेर पनि राम्रो आय आर्जन गर्न सकिन्छ र त्यो नै आर्थिक उपार्जनको मुख्य श्रोत वन्ने हुदाँ मेडपा वाट तालिम लिएर पालिकामा धेरै जना उद्यमी वनेको वताए । रोजगारको मुख्य आधार नै सिप हो । रोजगारका लागी भौतारिनु जरुरी छैन, यदि आफुमा सिप छ भने, उपाध्यक्ष घिमिरेले वताउनुभयो ।

कार्यक्रमका वडाध्यक्ष अध्यक्ष वसन्त कुमार श्रेष्ठले गाँउस्तरमा यो कार्यक्रम हुनु अत्यन्त सकारात्मक भएको वताउनुभयो । आम जनतालाई स्वनिर्भर वनाउन प्रेरित गर्ने यस्ता कार्यक्रमले रोजगारीको सिर्जना गर्ने वताए । सिप लिएर त्यसलाई हाम्रो जीवनमा लागु गर्नुपर्दछ, त्यसले मात्र परिवर्तन सम्भव छ, वडाध्यक्ष श्रेष्ठको भनाई थियो । कार्यक्रममा नया उद्यमी ८० जना र पुराना उद्यमी ५० जना सहभागी रहेको लघु उद्यम विकास कार्यक्रम (मेड्पा) का फोकल पर्सन प्रदिप न्यौपानेले जानकारी दिनुभयोय । कार्यक्रम पालिकाका सवै वडामा हुने गाउँपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button