प्रेट्रोलियम पदार्थको मूल्य घटाऔ

प्रेट्रोलियम पदार्थको मूल्य दिन प्रतिदिन बढ्दा बजारमा महंगी बढेको छ । प्रेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय कारणले फरक पर्ने भएपनि मूल्य घटेको बेला समेत नघटाउने गरेकाले सर्वसाधरण मर्कामा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनु भएको छ यो भने खुसीको कुरा हो । प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनु भएकोले मल्य घट्ने आशा गर्न सकिन्छ । निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु.९९ करोड नाफा हुने देखिएको छ।

निगमले रु.१८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार नभएको बताईएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपर्ने अवस्था आउनु विडम्बना हो । चुहावट नियन्त्रण गर्ने हो भने नाफामा लैजान सकिन्छ । चुहावट नरोक्ने तर मूल्य बढाएर नाफामा लैजान पाइदैन । प्रेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानीको मूल्य पनि बढ्ने भएकोले सर्वसारणहरु मंहगीको मारमा परेका छन् । प्रेट्रोलियम पदार्थको मूल्य घटाउन जरुरी छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button