आजदेखि तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुँदै

दमौली खबर संवाददाता

दमौली । आज देखि ५औं तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव २०७९ हुँदैछ । मोत्सवको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्नुहुने भएको छ ।

महोत्सवमा सुन्तला, मास, अदुवा, घरेलु उत्पादनको समेत आकर्षण रहने बताइएको छ । पुस २२ देखि माघ ३ गतेसम्म महोत्सव चल्नेछ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँद्वारा आयोजित ५औं तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा विभिन्न क्षेत्रका २ सय ३० वटा स्टल रहने स्टल व्यवस्थापन समितिका संयोजक कविराज श्रेष्ठले जानकारी दिनुभयो । ‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ आयोजित महोत्सको तयारी पुरा भएको

महोत्सवका संयोजक एवं नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष सुजित हिराचनले जानकारी दिनुभयो । आदिवासी जनजातिका विशेष प्रस्तुतीहरु, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराह तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, सांस्कृतिक नमुना ग्राम भ्रमण, फोटो प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविर महोत्सवका मुख्य आकर्षण रहेका छन् । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क कायम गरिएको छ भने जेष्ठ नागरिक र अपांगतालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुमा पशुपति शर्मा,खेम सेन्चुरी,राजु परियार,प्रीति आले,भूमिका गिरी,कला लम्साल,बद्री पंगेनी,सुप्रिम मल्ल,सम्झना लामिछाने मगर,आशा बिसी,सुमन परियार,सन्दिपसिं राना,अस्मिता डल्लाकोटी लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button