नेतृत्व बिकासको सिकाई केन्द्र ‘जेसिआई व्यास नगर’

सविन लामिछाने

दमौलीका युवाहरुको साझा संस्था हो जेसिआई व्यास नगर । पुरानो सामाजिक संस्था मानिने जेसिआईमा राजनितिक दलका नेता कार्यकर्ता, व्यवसायी, शिक्षक, पत्रकार लगायत थुप्रै क्षेत्रका युवा आबद्ध छन् । जेसिआईले सिकाएको नेतृत्व र व्यक्तित्व विकासलाई पछ्याएको युवाहरु अहिले विभिन्न क्षेत्रमा उदाएका छन् । केही दिन अघि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित दमौलीका देवकुमार श्रेष्ठ पनि निकै पहिल्यै जेसिसमा आबद्ध थिए। उनि जेसिसका पुरानो अध्यक्ष पनि हुन् ।

उनै श्रेष्ठ जेसिजबाट सिकेको नेतृत्व बिकासले आफुलाई सफल बनाउन सघाएको बताउँछन् । उनी भन्छन्, ‘जेसिसले मेरो लक्ष्य हासिल गर्नलाई सजिलो बनाएको छ । नेतृत्वको क्षमता अभिवृद्धिदेखि अहिले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य बन्नु जेसिआईकै उपलब्धी हो ।’ श्रेष्ठ जेसिआई व्यास नगरमा लामो समय सक्रिय बने । त्यसपछि उनि रोट्रयाक्ट क्लबमा आबद्ध हुदै सामाजिक सेवामा लागे । उनि मात्र होईन निर्मल माध्यमिक विद्यालयका प्रधानध्यापक गणेशचन्द्र बस्नेत पनि जेसिआई व्यास नगरका पुराना अध्यक्ष हुन् । उनैको नेतृत्वमा जिल्लाको नमुना विद्यालय मध्येको एक निर्मललाई हाँकिएको छ।

रमेश अधिकारीले अहिले अन्तराष्र्टियस्तरका व्यवसायीको परिचय बनाएका छन् । उनि जेसिसमा रहदाँ अर्थिक उपलब्धी देखि विभिन्न क्षेत्रमा लाग्नलाई सहज भएको बताउछन् । उनी भन्छन्,‘जेसिसको ठुलो पदमा रहुन्जेल अन्तराष्ट्रिय स्तरका व्यवसायीसँग चिनजान भयो । त्यसबाट मेरो व्यवसायलाई अन्तराष्ट्रिकरण गर्न सजिलो भयो ।’ उनी अझै पनि जेसिजमा सक्रियताका साथ लागी रहेका छन् । यी त प्रतिनिधीमुलक पात्र मात्रै हुन् । युवाहरुको नेतृत्व विकासमा प्रेरणादायी संस्था जेसिआई व्यास नगरमा आबद्ध भएकाहरु अन्य संस्थाको पनि नेतृत्व सम्हाल्न सफल भएका छन् । त्यसैले पनि यस क्षेत्रका युवाहरुको लागी जेसिज र जेसिआई व्यास नगर युवाहरुको लागी नेतृत्व बिकासको सिकाई केन्द्र बनेको छ ।

अध्यक्षमा लक्ष्मीभक्त निर्वाचित

जेसीआई व्यास नगरको बर्ष २०२१ को अध्यक्षमा लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन् । शनिबार अबेर राती सम्पन्न भएको २६ औं अधिवेशनमा भएको मतदानमा ७० मत प्राप्त गर्दै अध्यक्ष बन्न सफल भएका हुन् । अध्यक्षका लागी उम्मेद्वार बनेका नवीन पुरीले २१ मत पाए । अर्का उम्मेदवार इन्द्रलाल श्रेष्ठले मात्र २ मत आफ्नो पोल्टामा पारे । निकै रस्साकस्सीका साथ सम्पन्न निर्वाचनमा ९५ मत खसेको थियो । जसमध्ये दुई मत बदर भयो ।

अध्यक्षका आकांक्षी कृष्ण सुनार र सुमित ढुंगानाले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिए । बाँकी पदमा सर्वसम्मत भएको छ । संस्थाको कार्यकारी उपाध्यक्षमा कर्णबहादुर गुरुङ र राजेश मल्ल चुनिए । अधिवेशनबाट उपाध्यक्षमा सनम अधिकारी, पवन पौडेल, टिका मक्राती र संजीव घिमिरे सर्वसम्मत भए । नवनिर्वाचित अध्यक्ष खनालले कानुनी सल्लाहकारमा राजु रानालाई मनोनयन गरेका छन् । बाँकी पदमा भने मनोनयन हुन बाँकी छ । अध्यक्ष खनालले सबैलाई समेटेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button