शुक्लागण्डकीका मेयर १२ दिनमा कोरोनामुक्त

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पुष्टी भएको १२ दिनमा मेयर गुरुङले कोरोनाको संक्रमणलाई परास्त गर्न सफल भएका हुन् । शुक्रबार उनको कोरोना पुष्टी भईसकेपछि दोस्रो पटक स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पोखरा पठाईएकोमा आईतबार रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । ५० बर्षीय मेयर गुरुङलाई गएको मंसिर ९ गते कोरोना पुष्टी भएको थियो । कन्ट्याक ट्रेसिङमा परेका उनको स्वाब संकलन गरी पिसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने देखिएको थिएन् ।

उनी दुलेगौँडास्थित आफ्नै घरमा होम आईसोलसन बसेका थिए । स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवका अनुसार शुक्लागण्डकीमा आईतबार मेयर गुरुङसहित एकै दिन १४ जनाले कोरोना जितेका छन् । नगरपालिकाले शुक्रबार २२ जना कोरोना संक्रमितको स्वाब संकलन गरेर पिसीआर परिक्षणका लागी पठाईएकोमा ८ जनाको भने पुनः रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button