विपद् बाट क्षती भएकोलाई व्यास नगरपालिकाले सहयोग गर्ने

दमौली खबर संवाददाता

तनहँुको व्यास नगरपालिकाले विपत् बाट क्षतीको पुगेको घर, व्यक्तिहरुलाई सहयोग गर्ने भएको छ। नगरपालिकाले मंगलबार बसेको वैठक अनुसार प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउनेलाई प्रति मृतक पचास हजारका दरले सहयोग उपलब्ध गराउने भएको छ भने घाईते भएका व्यक्तिको उपचारको लागि बढीमा ४० हजार रुपैया सहयोग गर्ने भएको छ ।

नगरपालिकाले प्रेस विज्ञप्ती जारी गदै उक्त निर्णय गरेको नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राकृतिक विपद् बाट पूर्ण रुपमा क्षती भएको घरलाई पचास हजार, आंसिक घर क्षतिलाई २५ हजार रुपैया सहयोग गर्ने भएको छ । त्यस्तै ३ दिन भित्रमा बडामा भएको बाटो, पानी, खेतिवाली, कुलो लगायतको नोक्सानीको विवरण संकलन गरि सम्बन्धीत वडाको समन्वयमा पुनः स्थापना कार्य तत्काल प्रारम्भ गर्ने निर्णय गरेको छ । तत्कालिन विपत् व्यवस्थापन गर्नका लागि वडागत विनियोजित बजेट समेत एक करोड विनियोजन गरिएको छ । साथै नगरपालिकाले पहिरो बाट घाईते भएका व्यक्तिको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ भने वेपत्ता रहेको व्यक्तिको खोजीको लागि आवश्यक सहयोग गर्ने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button