अनसन चौतारीको खेलमैदान मञ्च सहित स्मार्ट पार्क

व्यास नगरपालिका–३ मा रहेको खेलमैदानमा मञ्च सहित स्र्माट पार्क निर्माण गरिने भएको छ । तत्कालको लागि मङ्गलबारबाट मञ्च बनाउने काम शुरु भईरहेको छ । मञ्च निर्माणका लागि खाल्डो खन्ने काम अगाडि बढेको छ । ४३ लाख ठेक्का मार्फत निर्माण हुन लागेको उक्त स्र्माट पार्क सहितको मञ्च निर्माणकार्य घाँसीकुवा कन्स्ट्रक्सनले लिएको छ । झण्डै दुई हजार भन्दा बढी क्षमताको मञ्च निर्माण हुन लागेको व्यास ३ का वडा सदस्य रविन पौडेलले जानकारी दिए ।

उनले भने,‘ खेल मैदानलाई दुई भागमा विभाजन गरि मञ्च र स्र्माट पार्क निर्माण गरिने छ । दमौली अस्पताल तर्फ स्र्माट पार्क निर्माण गरिने छ भने बजार तर्फको भागमा मञ्च निर्माण गरिन्छ । ’ खेलमैदान मासेर मञ्च बनाउन लागेको भन्दै विरोधकास्वर सुनिन थालेको छ । खेलमैदान मासेर कङ्क्रिट संरचना निर्माण गर्ने तयारीपछि नगरवासीले विरोध जनाएका छन् ।

वृद्धवृद्धालाई मर्निङवाक गर्ने थलोको रुपमा रहेको यस ठाउँलाई अहिलेकै अवस्थामा राख्नुपर्ने नगरवासीको माग छ । भूकम्पको बेला खुला मैदानले दमौलीवासीलाई पु¥याएको सुविधा भुल्न हुने उनीहरुको भनाइ छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सर्वसाधरणले नबुझेको कारण विरोध आउन लागेको बताए । उनले भने,‘खेलमैदानमा विभिन्न कार्यक्रम भईरहन्छन् ।

धेरै खर्चमा आयोजकले अस्थायी मञ्च बनाउन्छन् । हामीले त्यही कुरालाई मध्ये नजर गदै स्थायी मञ्च बनाउन लागेका हौं । ’उनले अघि भने,‘सर्वदलिय वैठकबाट नै निर्माण गर्ने कुरा भएको हो । त्यहा कुनै पनि ठूला संरचना निर्माण हुदैनन् । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button