भुमि सम्वन्धि समस्या समाधान आयोगद्वारा अन्तरक्रिया

भुमि सम्बन्धि समस्या समाधान आयोगले तनहुँका स्थानिय तहमा भुमि सम्बन्धि समस्या समाधानका लागी सरोकारवालासँग छलफल गरेको छ । शनिबार भानु नगरपालिका –३ को वडा कार्यलयमा अव्यवस्थित, सुकुम्वासी भुमीहिनसंग छलफल गरेको हो ।

भुमि सम्वन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य एकबहादुर रानाले स्थानीयसंग अन्तरक्रिया गरेका हुन् । रानाले विगतमा सरकारले भुमि समस्या समाधानका लागी आयोग बनाएको तर प्रतिपक्ष दलका कारण सफल हुन नसकेको बताए । उनले अहिले गठित आयोग संसदबाट नै अनुमोदित भएकाले सरकार ढल्दा र नयाँ वन्दा आयोगलाई कुनै असर नगर्ने बताए । छुट जग्गा, अव्यवस्थित जग्गा, भुमिहिनहरुका लागी आयोगले विभिन्न प्रकारको नियमहरु वनाएर काम गरेको हुदाँ यसले पुर्णता पाउने उनको दाबी छ ।आयोगले आवश्यकताका आधारमा भुमिको व्यवस्थापन गर्ने हुदाँ इमान्दारिताका साथ आफुले भोगचलन गरेको जग्गालाई व्यवस्थित गर्नका लागेका सबै पक्षले भुमिका खेल्नुपर्ने उनको भनाई थियो ।

तनहुँको भानु नगरपालिका, देवघाट गाँउपालिका र शुक्लागण्डकी नगरपालिकामा भुमिको समस्या अत्याधिक रहेकाले पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । आयोगद्वारा गठित समितीका सदस्यहरु जनताको प्रत्येक घरमा नै गएर विवरण संकलन गर्ने हुदाँ कोहि कसै छुट नहुने जानकारी गराए ।

नेकपा गण्डकी प्रदेश सदस्य ओम कुमारी पौडेलले विगत देखिको जनताको लालपुर्जा पाउने आशा यो सरकारले पुरा गर्ने बताईन् । विगतमा पनि सरकारले जनतालाई लालपुर्जा दिनका लागी प्रयास गरेकोमा विपक्षीका कारण असफल भएको नेकपा तनहुँका कार्यलय सचिव राजेश्वर ढकालले बताए । आयोगलाई पुर्ण अधिकारका साथ काम गर्ने वातावरण भएकोले निष्पक्षका साथ काम गर्नुपर्ने उनको सुझाव छ । भानु नगरपालिकाको वडा नम्बर ९, ८, ३ र १ वडामा अन्तरक्रिया गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button