क्लबलाई खेलकुद सामग्री सहयोग

दमौली खबर संवाददाता

दमौली १२ ,चैत्र

तनहुँको व्यास नगरपालिका वडा नं. ६ ले क्बललाई शैक्षिक सामग्री सहयोग गरेको छ । वडाले १ लाख ४० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो

स्थानीय क्लब, विद्यालयलाई खेलकुदका ति सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष जीवन गुरुङले क्लबहरुलाई फुटबल, भलिबल र नेट वितरण गर्नुभयो । ८ वटा क्लबलाई २÷२ वटा भलिबल र १÷१ वटा नेट, ४ वटा फुटबल क्लबलाई २÷२ वटा फुटबल उपलब्ध गराइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । व्यासको वडा स्तरीय भलिबल प्रतियोगिताका लागि टिम समेत तयार गरिसकेको अध्यक्ष गुरुङले बताउनुभयो ।

वडा स्तरमा भलिबल गरी बिजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । खेलकुद सामग्री वितरण कार्यक्रममा वडा सचिव पदम बहादुर थापा, वडा खेलकुद संयोजक सूर्याकान्त काफ्ले, ढालप्रसाद घिमिरे, निजाप दिन मिया, दिपक ढुंगाना लगायतकाले खेलकुदको महत्व बारे चर्चा गर्नु भएको थियो । वडा स्तरमै फुटबल र भलिबलका राम्रो खेलाडी उत्पादन गर्न क्लबहरुलाई सामग्री वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । खेलकुद सामग्री पाएपछि खेलाडीहरु खुसी भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button