बसको ठक्करबाट आँबुखैरेनीमा पैदल यात्रीको मृत्यु

दमौली खबर संवाददाता

तनहुँ, माघ २८ गते

बसको ठक्करबाट तनहुँको आबुखैरेनीमा शनिबार मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्र्तगत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ निवासी बर्ष ४० को मिन बहादुर बिकको मृत्यु भएको हो ।

डुम्रेबाट आबुखैरेनी जादै गरेको ग १ ख ६३०७ नं. को बसले ठक्कर दिँदा बिकको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।

। शनिबार बिहान पैदल यात्रा गरि रहनु भएका बिकलाई ठक्कर दिएपछि गम्भिर घाईते हुनुभएको थियो । बिकको उपचारको क्रममा चितवन स्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको बस र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button