५९ औं राष्ट्रिय वालदिवसको अवसरमा निर्मल माध्यमिक विद्यालय व्यास १ मा भव्य रुपमा कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

५९ औं राष्ट्रिय वालदिवसको अवसरमा निर्मल माध्यमिक विद्यालय व्यास १ मा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा निर्मल वाल क्ल्बले संचालन गरेको थियो भने विद्यालयले व्यवस्थापन गरेको थियो । कार्यक्रममा  वालवालिकाहरुको उत्साह एवं शारीरीक तथा मानसिक विकासलाई मध्ये नजर गरि विभिन्न खेलकुदहरु आयेजना गरिएको थियो । यस कार्यक्रममा शिक्षकहरु र विद्यार्थीहरुको निक्कै उत्साह देखिन्थ्यो । विद्यालयलाई वालमैत्रि बनाउनको लागि विभिन्न विभिन्न सुचकहरुलाई सत प्रतिसत कार्यन्वयनमा ल्याउनु पर्दछ । वालवालिकाहरुको सुरक्षा, वालवालिकाहरुको लागि सफा पिउने पानी, दिवा खाजा, विभिन्न खेलकुदहरु, वालवालिकाको क्षमताको प्रस्तुति, विभिन्न परामर्श, प्राथमिक उपचारको व्यवस्था, संगित आदि सुचकहरु विद्यालयले सत प्रतिसत पुरा गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button