मौरती समानुपातिकमा छनोट हुने सम्भावना

दमौली खबर संवाददाता
दमौली, भदौ २९ गते । नेपाली काँगेस क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरती गण्डकी प्रदेश सभा सदस्यमा छनोट हुने सम्भावना रहेको छ । मौरती छनोट भएको अवस्थामा मन्त्री हुने अनुमान गरिएको छ ।
 डोबाटे विक मन्त्री भए जस्तै नेका वरिष्ट नेता रामचन्द्र पौडेल कोटाबाट मन्त्री हुने राजनीतिक विश्लेषक बताउँछन् ।  १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत दलित समुदायबाट एक मात्र क्षेत्रीय सभापति बन्न सफल, पार्टीका इमान्दार, जुझारु एवं लोकप्रिय  दलित नेता भएको मौरतीलाई सिफारिस गर्न चौतर्फी  दबाब समेत परेको हो । भानु नगरपालिकाको नगर प्रमुखमा चर्चा चले पनि उहाँलाई प्रदेश सभा सदस्य बनाउने आवाश्सन प्राप्त भएको थियो ।
युवा र प्रत्येक जनताको घर दैलोमा पुगेर सुखदुःखमा साथ दिन सक्ने, स्थानीय स्तरका कार्यकर्ता र जनताको भावना बुझेर काम गर्न सक्ने नेताको रुपमा परिचित मौरती पार्टीको आन्तरिक निर्वाचनमा ठूलो चुनौतिको बावजुत पनि क्षेत्र नं १ को सभापतिमा निर्वाचित हुन सफलता मिलेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button