राष्ट्रपति एमालेलाई दिए देश बर्बाद हुने अध्यक्ष नेपालको भनाई

दमौली खबर संवाददाता

पोखरा, फागुन ३

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति एमालेलाई दिन नहुने बताउनु भएको छ । राष्ट्रपति एमालेले पाएमा बनाएको अवस्थामा शक्तिको दुरुपयोग गरी देश बर्बाद हुने अध्यक्ष नेपालको भनाई थियो । सो भनाई अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बताउनु भएको भएको हो ।

‘सभामुख र राष्ट्रिय सभाका अध्यक्ष नेकपा एमालेबाटै भएको अवस्थामा राष्ट्रपति समेत एमालेलाई नै दिँदा शक्ति सन्तुलन गुम्ने र देशमा अस्थिरता पैदा हुन्छ’’ अध्यक्ष नेपालले भन्नुभयो ।

अध्यक्ष नेपालले अहिलेको गठबन्धनलाई खिचडी गठबन्धनको संज्ञा दिँदै अ विचार नमिल्नेहरुको गठबन्धन भएकोले टिकाउ नहुने बताउनुभयो । ‘यो गठबन्धन संविधानप्रति पनि प्रतिबद्ध छैन,गणतन्त्र प्रति पनि प्रतिबद्ध छैन’’ नेता नेपालले भन्नुभयो । नेता नेपाल नेकपा एकीकृत (समाजवादी ) को पाँचो पूर्ण वैठकमा सहभागी हुने क्रममा पत्रकार सम्मलेन गरिएको थियो । अध्यक्ष नेपालको प्रमुख आतिथ्यतामा बदलिँदो राष्ट्रिय राजनीति घटनाक्रम र कम्युनिष्ट आन्दोलनका बारेमा गंभिर छलफल भईरहेको एकिकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्कीले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button