कोरोनाको तेस्रो लहरको पूर्वतयारी सुस्त

कोरोनाको तेस्रो लहरको पूर्वतयारी सुस्त

दमौली खबर सम्वंददाता
भदौ ०९,दमौली ।
कोरोना भाइरसको तेस्रो लहरलाई लक्षित गरेर सरकारी निकायले रोकथाम, नियन्त्रण र उपचारका लागि कार्ययोजना तयार पारेको छ । यही कार्ययोजनालाई आधार मानेर आउन सक्ने तेस्रो लहरको सामना गर्ने तयारी छ तर जिल्लामा गरिने भनिएका त्यस्ता सबैखाले तयारी प्रायःसुस्त छन् । पहिलो र दोस्रो लहरको कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा देखिएका समस्या दोहोरिन नदिनेगरी प्रभावकारी व्यवस्थापनमा ध्यान दिने डिसिसीएमसीले जनाएको छ । तेस्रो भेरियन्टमा बालबालिकालाई बढी प्रभावित गर्ने आँकलनसहित बालबालिकाको उपचारलाई लक्षित गरेर उपचार व्यवस्थालाई प्रभावकारी बनाइने भनिएको छ तर सबै ठाउँमा त्यस्तो संरचना देखिदैन । तेस्रो भेरियन्टको कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघि निर्माण गरेको आइसोलेशन केही स्थानीय तहले अहिले पनि तयारी अवस्थामा राखेका छन् भने केहीले बन्द गरेका छन् । संस्थागत आईशोलशन भन्दा होमआईशोलेसन प्रभावकारी रहेको बन्दै संस्थागत आईशोलेसन बन्द गरिएको बन्दिपूर गाँउपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिईन् । उनले भनिन्, ‘अहिले सबैलाई होमआईशोलेसन बढी प्रभावकारी देखियो । जटिल अवस्था भएकालाई अस्पतालमा ल्याईन्छ । यहाँ नसके अन्य ठाँउमा रिफर गरिने छ ।’ उनले अघि भनिन्,‘ आवश्यक परेको खण्डमा पुन संस्थागत आइसोलेशन सञ्चालन हुन्छ’ । तनहँुमा दश वटा स्थानीय तह छन् तर पुरानै संरचनालाई पनि तयारी अवस्थामा राख्न पालिकाहरुले सकेका छैनन । त्यसैलाई देखाएर तयारी छ भने पनि पालिकास्तरमा अक्सिजन सिलिण्डर व्यवस्थापन, आइसियु बेड, बाल विशेषज्ञ तथा तालिमप्राप्त स्वास्थ्यकर्मीको व्यवस्थापनमा पालिकाहरु अझै जुटेका छैनन् ।

जिल्लाको सदरमुकाम स्थित रहेको दमौली अस्पतालमामा मात्र ७ बडेको आइसियु र ४ बेडको भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । व्यास नगरपालिकाले २५ शैयाको कोभिड अस्पताल बनाउन आवश्यक तयारी थालेको जनाएको छ । अस्पताल निर्माणको लागि नगरपालिकाले टेण्डर प्रक्रिया अघि बढाएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने,‘आफनै नगर कोभिड अस्पतालको निर्माणको लागि टेण्डर प्रक्रिया अघि बढेको छ । एक करोड ५० लाखमा निर्माण हुनेछ । ’ उनले अघि भने,‘ हामीले यहि पिसिआर ल्याबको स्थापना पनि गरेका छौं । अबको केही दिनमा यहि कोरोनाको परिक्षण गर्न थालिने छ ।’ तेस्रो भेरियन्टविरुद्ध पूर्वतयारीका लागि वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमै आईशोलेसन बनाउन लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । उनले भने, ‘यसअघि रहेको संरचना तयारी अवस्थामा राख्न भनिएको छ । अब स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा संक्रमित राख्न आधारभूत स्वास्थ्य केन्द्रमै आईशोलेसन कक्ष बनाईन्छ ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button