लायन्स क्लवद्धारा विपन्न १० परिवारको स्वास्थ्य विमा

दमौली खबर संवाददाता
दमौली, कात्तिक २१ । लायन्स क्लव अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी –७ का विपन्न १० परिवारको स्वास्थ्य विमा गरिएको छ ।सहज उपचार सेवाका पहुचमा पु¥याउन प्रत्येक १० परिवाका पाँच जना समेटिने गरि विमा गराएको क्लवका अध्यक्ष नारायण पोख्रेलले बताउनुभयो । अध्यक्ष पोख्रेलले  वडाले सुचिकृत गरेको विपन्न परिवारको विमा गरेको जानकारी दिदै अन्य १० परिवारका पनि विमा गर्ने योजना रहेको बताउनुभयाये । उक्त कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ एल नेपालका प्रथम भाईस डिष्ट्रिक गभर्नर परमेश्वर बरालले विमा अभिलेख सम्वन्धित परिवाकार प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो । उनले क्लव मार्फत निकै उहादरणीय कार्य भएको भन्दै लायन्स क्लवको मुख्य कार्यक्रम बनाई देशैभर लैजानुपर्नेमा जोड दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button