छ सय ९७ जनालाई निस्सा प्रदान

दमौली खबर संवाददाता

दमौली, माघ २१

व्यास नगरपालिकाले वडा नं ५ मा छ सय ९७ जनालाई निस्सा वितरण गरिएको छ । प्रमुख वैकुष्ठ न्यौपानेले बुधबार एक कार्यक्रमबीच सो निस्सा वितरण गर्नु भएको हो । अव्यवस्थित वसोवासी तर्फ ६३५ जना, भुमिहिन दलित तर्फ ४५ जना र भुमिहिन सुकुम्वासी तर्फ १७ जना गरि कुल ६९७ जनालाई निस्सा वितरण गरिएको नगर पालिकाले जनाएको छ ।

प्रमुख अतिथि नगर प्रमुख न्यौपानेले सरकार भुमिप्रति जनताको अपनत्व कायम गराउन लागिपरेको वताउनुभयो । नगरपालिकाको एउटा वडा वाहेक सवै वडामा निस्सा वितरणको काम सकिएको र तत्काल नापीको लागी प्राविधिकको व्यवस्था गरेर खटाउने निर्णय गरिएको समेत उहाँले वताउनुभयो । निस्साको आधारमा नै अबको काम अगाडी वढ्ने हुदाँ सवैले यसलाई सहयोग गर्नुपर्ने समेत न्यौपानेले वताउनुभयो ।

राष्ट्रिय भुमि आयोगका जिल्ला सदस्य श्रीराम कार्कीले यहि भुमि आयोगले नै सवै समस्याको समाधान गर्ने वताउनुभयो । पहिलाको आयोग जस्तो पटक पटक निवेदन लिने तर काम नहुने अव हुदैन । दर्ता भएको कागजपत्र डिजिटल हुने हुदाँ यसैको आधारमा काम अगाडी वढ्ने वताए । जिल्लाको देवघाट र आवुँमा जग्गाको नाँपजाँच शुरु भएको हुदाँ अव अन्य वडामा समेत यसले गति लिने कार्कीले वताउनुभयो । व्यास ५ का वडा सचिव विश्वराज पौडेलले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । वडा सदस्य सुन्दर वाग्लेले स्वागत गर्नु भएको थियो भने वडा नं. ५ को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको अध्यक्षतामा भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button