जोखिममा मानव र वन्यजन्तु

बन्दिपूर बजारको नजिकमा पर्छ थुम्का सामुदायिक वन । अहिले यो वन घना रुपमा विकास भएको छ । जंगली जनावर पनि बढेका छन् । शनिबार यही वन क्षेत्रमा चितुवा मृत अवस्थामा फेला प¥यो । अन्दाजी सात र आठ वर्षको चितुवा ३८ किलोको रहेको चितुवा विषादी प्रयोग भएको आहारा खाएर मृत अवस्थामा भेटिएको प्रारम्भिक आँकलन गरिएको छ । यसअघि भानु नगरपालिका, व्यास नगरपालिकामा पनि जंगली जनावरको मृत्यु हुने गरेका घटना छन् ।

विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको सङ्ख्या आठ पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैँचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतवस्थामा फेला परेको थियो । मानिसको जनघनत्व बढेको क्षेत्र नजिक रहेको जंगल क्षेत्रमा वन्यजन्युको आक्रमण बढेको छ ।

डिभिजन वन कार्यालय तनहँुका सहायक वन अधिकृत मनोज रानाभाटले भने ‘ बस्तीको नजिक जंगल छ । वन्यजन्तुको आक्रमणको डरले विभिन्न पासोहरु स्थानियले थाप्ने गरेका छन् ्,’ उनले अघि भने, ‘ जंगलमा आहाराको कमीले जंगली जनावरले मानवबस्तीमा प्रवेश गरि आक्रममण गर्ने गरेको छ ।’

यति मात्रै होइन, वन्यजन्तुका कारण मानव पनि जोखिममा छन् । वनमा घाँस दाउरा गर्न जाँदा चितुवा, भालु लगायतका हिंस्रक जनावरले मानिसलाई आक्रमण गर्ने गरेका छन् । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार गत तीन वर्षमा चितुवाको आक्रमणबाट तनहुँमा १० बालबालिकाको मृत्यु भएको छ । आक्रमणबाट सातजना घाइते भएका छन् । वन्यजन्तुका कारण मानव जोखिममा छन् भने, मानवका कारण वन्यजन्तु जोखिममा छन्।

त्यसका केही उदाहरण हुन् यी । वन्यजन्तु चोरी शिकारीका कारण जोखिममा परेका हुन्। जिल्लाका जंगलमा चितुवा, वन विरालो,े भालु, बदेल, स्याल, चित्तल, लगायतका जंगली जनावर छन्। यी जनावर बढ्दो जनघनत्व र आहाराका कमीको कारणले जोखिममा छन् ।वन्यजन्तु चरणको लागि घाँसे मैदानको खोजीमा हिँड्डुल गर्छन । पानी अनी बासस्थानको खोजीमा निस्कन्छन्। डिभिजन वनकार्यालयका अनुसार जंगलमा पानीको स्रोत नभएकाले चितुवा पानी खोज्दै बस्तीतिर आउने गरेको छ । ‘प्यास मेटाउनका लागि जंगलमा पानीको अभाव छ ।

पानी खोज्दै नजिकको बस्तीतिर पस्न थाल्छ । त्यतिवेला चितुवाले जे भेट्टायो त्यहीमाथि आक्रमण गर्छ । जसका कारण निसानामा बालबालिका पर्न थालेका हुन्,’ सहायक वन अधिकृत रानाभाटले भने । वयस्क जनावरहरु भाले या पोथी साथीको खोजीमा निस्कने गर्छन् । सो क्रममा बस्तीहरुमा प्रवेश गर्छन् ।

बासस्थान र आहाराको अभावले समस्या

जिल्लाको बन्दिपूर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकीमा बढी मानवलाई वन्यजन्तुले आक्रमण गरेको घटना छ । पहिला पहलिा पहिला घना जंगल भएको ठाँउमा ।बसाइँसराइ र सडकले गर्दा जंगल भएको छैन । बासस्थान लोप हुन थालेपछि वन्यजन्तु लोप हुन थाले ।

वन्यजन्तु आहाराको लागि मानव बस्ती तर्फ आउन थाले । वन्यजन्तुको बासस्थान बलियो नहुँदा र आहारा प्रशस्त नहुँदा एक ठाउँबाट अर्काे ठाउँ जान थाल्छन्। वन्यजन्तुको संरक्षणको लागि बासस्थान सुरक्षित हुनु पर्ने आवश्यकता छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button