ट्यांकरले ठक्कर दिँदा किशोरीको मुत्यु

पृथ्वी राजमार्ग अन्तगत जिल्लाको आँबुखैरेनी चोकमा ट्यांकरले ठक्कर दिदा मोटरसाईकलमा सवार किशोरीको ज्यान गएको छ । आँबुखैरेनी गाँउपालिका वडा नं ३ अ आँबुखैरेनी चोकमा आइतबार बिहान मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको ना १९ प ९२४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको एनएल ०१ एन २९८६ नम्बरको भारतीय ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटार बस्ने १७ वर्षीया अन्वेषा पौडेलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ ।

मोटरसाईक चालक चितवन भरतपुरका ५१ वर्षीय युवराज घिमिरे सामान्य घाइते भएका छन् । ट्यांकरले ठक्कर दिएपछि मोटरसाइकल उछिट्टिएर ग ३ च २०८४ नम्बरको कारमा ठोक्किएको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । ट्यांकर चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको बारेमा अनुसन्धान भईरहेको बताईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button