पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा राजु परियार र शिला आलेले दर्शक तताए, भोली प्रिति आलेले आउने अन्जनराज न्यौपाने

दमौली खबर संवाददाता

दमौली, पुस २५ ।

दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवको चौथो दिन आज चर्चिच लोक गायक राजु परियार, गायिका शिला आले लगायतको प्रस्तुतिले दर्शकलाई रौनकता प्रदान गरेको थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, महोत्सवको रमाइलो मेलाको अवलोकन गर्नका लागि महोत्सव स्थलमा दर्शकको भिड लागेको महोत्सव आयोजक आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहुँले जनाएको छ । महोत्सवको गायक राजुले जानेलाई जान देउ माया, स्रोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, सुर्ति जर्दाले …लगायतका गीतले दर्शकलाई नचाएको थियो । भोली चर्चित गायक तथा गायिकाहरु प्रीति आले, जीवन दाहाल, निश्चल थापा, प्रस्तुति हुने कलाकार संयोजक दीपक राईले जानकारी दिनुभयो । यसैगरी महोत्सवमा स्थानीय कलाकार अक्कल विरही गुरुङ, शुभद्रा श्रेष्ठ, अमृत गन्र्धव लगायतको प्रस्तुति हुने राईले जानकारी दिनुभयो जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष सुजित हिराचनले बताउनुभयो ।

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, मादीसेती नदिमा जलविहार लगायत आकर्षण रहेको आयोजकले जनाएको छ । माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button