रुँदै रुँदै विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्छौंः सभापति लामिछाने

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा रोजगारी नपाएर रुँदै रुँदै विदेश जानु पर्ने बाध्यताको अन्त्य गरिनु पर्ने बताउनुभयो । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभालाई आईतबार सम्बोधन गर्दै लामिछाने सो कुरा बताउनु भएको हो । विदेश जाने रहर कसैलाई नहुने र देशमा रोजगारी नपाएपछि परदेश जानु परेकोले आफ्नो पार्टी यसको अन्त्य गर्न चाहेको बताउनुभयो ।

‘‘मुठी बटारेर आन्दोलन ग¥यौं मुठीभरका मान्छेहरुले फाइदा लिए जनताको अवस्था फेरिएको छैन’’ लामिछानेले भन्नुभयो । असल मान्छे भए देश बदल्न सकिने उल्लेख गर्दै उहाँले हत्तपत्त सडक नबन्ने र बनेको सडकमा पनि भ्रष्ट्राचार हुने भएकोले टिकाउन नहुने गरेको आरोप लामिछानेले लगाउनुभयो भ्रष्ट्राचार गर्नेलाई संरक्षण गरिएको आरोप लगाउनुभयो । इमान्दार नेताहरु नहुँदा देशको ढकुटी रिक्तिएको बताउनु भएको छ ।

देशमा अथाह सम्भावना भएपनि इमान्दार नेतृत्व देश टाट पल्टिने अवस्थामा आएको आरोप लामिछानेले लगाउनुभयो । ‘‘कुनै पनि कालखण्डमा भएका भ्रष्ट्राचारलाई लुकाउनु हुँदैन, छानबिन गर्ने र इमान्दार भएर काम गरे रित्तिएको ढुकुटी भर्न सकिन्छ’’ लामिछानेले भन्नुभयो । आफ्नो पार्टीले भ्रष्ट्राचारीलाई महल बनाउन नदिने उहाँको भनाई थियो । दाग नलागोस्भनेर सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घण्टाभित्रै कारबाही गरिएको बताउनुभयो । सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि जिम्मेवारीबाट हटाएर अरु पार्टीलाई पनि पाठ सिकाएको उहाँले बताउनुभयो ।

रास्वपाका तनहुँ–१ का उम्मेदवार डा. स्वार्णिम वाग्लेले तनहुँको विकास गर्ने, राजनीतिलाई सङ्लो (सफा) बनाउने र अर्थतन्त्रलाई सुधार गर्न उम्मेदवार बनेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button