आचार संहिता पालनमा ध्यान दिऔं

दमौली खबर संवाददाता

वैशाख १० गते उपनिर्वाचन तीन जिल्लामा भएपनि यसले देशैभरी ध्यान तानेको छ । यतिबेला जताजतै चुनावकै चर्चा छ । चुनावको मिति नजिकिएसँगै दलहरुले घरदैलो, भेटघाट, छलफल, कोण सभा, आम सभा गर्दैछन् । निर्वाचनलाई स्वच्छ, मर्यादित र धाँधली रहित बनाउन निर्वाचन आचार संहिताको पालना गर्नु सबैको दायित्व हो । आचार संहिता अनुसार जुलुशमा एक पटकमा १० वटा झण्डा लैजान पाउनु पर्ने, धेरै झण्डा लिएको देखियो । टिर्सट, लकेट, व्याच लगाउन नपाई भएपनि त्यसको उङ्लघन गरिएको थियो । रास्वपाले गरेको दमौलीमा गरेको सभामा त राष्ट्रिय झण्डा बोक्ने, टिर्सट लगाउने, सयौंको संख्यामा पार्टीको झण्डा बोकेको देखियो । विशेष गरी राष्ट्रिय झण्डा सबैको साझा झण्डा हो । दलविशेष बोक्नु हुँदैन । त्यो बोक्नु भनेको राष्ट्रपतिको अपमान हो । पार्टीले राष्ट्रिय झण्डा बोक्न नभनेको हुनसक्छ । स्वतह स्फूर्त रुपमा झण्डा बोकेको पनि हुन सक्छ । यस्ता कुराहरुको राम्रोसँग प्रशिक्षण दिनु पर्दछ । अस्वस्थ प्रतिस्पधाले लोकतन्त्रको उपहास गराउँछ । खर्च बढी गर्ने होडबाजी हैन कम गर्ने होडबाजी गर्नुपर्दछ । दलहरु आफैले बनाएको आचार संहिता सबैले पालान गर्नु दायित्व हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button