अवसरवादी अगाडी आउँदा पाटी कमजोर भएको भएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको भनाई

दमौली खबर संवाददाता

भानु, वैशाख ५ गते

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीहरु अगाडी आउँदा पाटी कमजोर भएको बताउनु भएको छ । सो कुरा नेता कोइरालाले तनहुँको भानु नगरपालिका–१ नारेश्वरटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै बताउनु भएको हो । ‘‘म सावधान भईसके तपाईहरु पनि अवसरवादीहरुबाट सचेत रहन आग्रह गर्दछु’’ कोईरालाले भन्नुभयो ।

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै कोईरालाले अवसरवादीहरुलाई पाखा लगाउने काम तनहुँले गर्नुपर्ने बताउनुभयो । ‘‘सावधान हुनु होला अवसरवादीहरूबाट जोगिनुहोला द्धैध चरित्रबाट सावधान हुनुपर्छ ।’’ चुनावमा प्रतिस्पधी अन्य पार्टीका उम्मेदवारले मन्त्री बनेर विकास गर्छु भनेर झुटको कुरा गरेको कोइरालाले बताउनुभयो । ‘यो सरकार पुरै पाँच वर्ष चल्ने हो मन्त्री बन्छु भनेर भुलभुलैमा पारेका छन् सचेत रहनु होला’ भट्टराईले भन्नुभयो । सबै जना एक ढिक्का भएर गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्ने उहाँले बताउनुभयो । तनहुँमा कांग्रेस एक्लैकोले चुनाव जित्ने मत भएको र गठबन्धनको भोट समेत थपिने भएकाले जीत सुनिश्चित भईसकेको दाबी गर्नुभयो ।

गोविन्द भट्टराई आफू केही नहुँदा पनि पानी खुवाउने लगायतको विकासमा अतिद्धितीय योगदान दिएको नेता भएकोले अवसरवादीलाई सहज रुपमा पाखा लगाउने दाबी कोइरालाको थियो । साथै भ्रष्ट्राचार, सूशासन, जवाफदेयिता, पारदर्शितको कुरा उठाउने, सिद्धान्त निष्ट तथा त्यागी नेता गोविन्द भट्टराई भएकाले अन्य नेतासँग तुलना गर्न नमिल्ने बताउनुभयो । ‘‘यो क्षेत्रको विकास हामी गर्छौं त्यसमा तपाई ढुक्क हुनुस्, कोइरालाल भन्नुभयो, जसको मन दुःखेको छ, चिक्त दुखेको छ , तेरो मेरो गर्ने बेला आएको छैन एक ठाउँमा उभियौं ।’’ कुनै किसिमको दुविधा नराख्न र केही कमजोरी भएको छ त्यसलाई थाती राखेर सुल्झाउने प्रयाश भईरहेको कोइरालाले भन्नुभयो’’ ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले गठवन्धनमा आबद्ध दलका मतदाताले एक भएर भट्टराईलाई जिताउने बताउनुभयो । यहाँ धेरै ठुलो हाउगुजी फैलाउने काम भएको छ , त्यो सबै हल्ला मात्रै हो भन्दै भण्डारीले हल्लाको पछाडि नलाग्न र आफ्नो उम्मेदवारको पक्षमा लाग्न आग्रह गर्नुभयो । ‘बलिदानी, त्याग गरेर शन्ति र संविधान दिएका छौं यो व्यबस्था सडकमा कुर्लेर आएको होइन’ भण्डारीले भन्नुभयो ।

अवसरवादीहरूले अवसर मात्रै खोज्ने तर देश बनाउने तिर नलाग्ने भण्डारीको भनाइ छ । काङ्ग्रेसबाट सबै अवसर लिने अनि अवसर नपाउने बित्तिकै पार्टीलाई यस्तो त्यस्तो भन्दै अनेक आरोप लगाउँदै बाहिर निस्कने , यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । उक्त अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले गोविन्द भट्टराईले कम्तीमा १० हजार मत फरकमा चुनाव जित्ने बताउनुभयो । ‘तनहुँमा केन्द्रीय नेताहरूले दुख पाउन नपर्ने भन्दै उहाँले किसान र शंकर भण्डारी त्यसको लागि काफी छ’ श्रेष्ठले भन्नुभयो । कार्यक्रममा बाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार गोविन्द भट्टराईले तनहुँ नेतृत्व आयात गर्ने जिल्ला मात्रै होइन , नेतृत्व निर्यात गर्ने जिल्ला पनि भएको बताउनुभयो । भट्टराईले तनहुँ जिल्ला सबै कुराले सक्षम भएको र यहाँ भित्रका धेरै मानिसहरू राजनीतिक , सामाजिक , शैक्षिक क्षेत्रमा अब्बल रहेको भन्दै पिएचडि गरेका डाक्टरहरू र अर्थबिद हरू यही प्रसस्तै भएको बताउनुभयो ।

म गठवन्धनका पार्टीको साझा उम्मेदवार भएकोले सबै पार्टीका तरूणहरूले अभियान चलाउनुपर्ने भट्टराईको भनाइ थियो ।

तरूण दल तनहुँका अध्यक्ष हिरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य उदय शमशेर राणा , प्रदिप पौडेल , सरस्वती तिवारी , विज्ञान गुरूङ , सोम तामाङ , नेकपा एसका केन्द्रीय सदस्य पिएल श्रेष्ठ माओवादीका सिताराम अधिकारी , लगायतका वक्ताहरूले भट्टराईलाई जिताउन सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button