तनहुँ हाइड्रोका मजदुर पुनः आन्दोलित

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुर पुनः आन्दोलित बनेका छन् । आरडिटी परीक्षणपश्चात पोजिटिभ देखिएका मजदूरलाई काममा लगाएको भन्दै मजदूरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका हुन् । पोजिटिभ आएका मजदूरलाई आइसोलेसनमा नराखी काममा लगाएपछि विरोध गर्दै आफूहरु आन्दोलनमा उत्रनुपरेको मोती श्रेष्ठले जानकारी दिनुभयो । तनहुँभन्दा बाहिरी जिल्लाबाट मजदुर आउँदा सात दिन क्वारेन्टिनमा राखी पिसीआर परीक्षणपश्चात काममा लगाउर्ने पूर्व सहमति पनि उल्लङ्घन भएको श्रेष्ठले आरोप लगाउनुभयो ।

दशैँ मान्न घर गएका मजदूर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदूर दशैँ बिदामा घर गएका बेला पनि चिनियाँ मजदूरले विद्युत्गृह निर्माणको काम सञ्चालनमा राखेका थिए । असोज अन्तिम साता सबै मजदूरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदूरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदूरको पिसीआर परीक्षण गरेपछि काम सञ्चालन भएको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ ।

प्रसारण लाइनका लागि चालू आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button