बुढ्यौलीमा तन्देरी जोशका साथ लेखन कर्ममा समय विताउँदै गोशली

दमौली खबर संवाददाता
दमौली, भदौ १४ । तनहुँका एक व्यक्ति बुढ्यौली उमेरमा पनि तन्देरी जोशका साथ लेखन कर्ममा समय विताउने गर्नु भएको छ । यसरी समय विताउनेमा साविक क्यामिनको धरमपानी घर भई हाल दमौली निवासी श्यामलाल गोशेली हुनुहुन्छ ।
गोशलीले तीन साहित्यिक कृति प्रकाशित गरिसक्नु भएको छ भने एक कृति चाँडै नै बजार ल्याउने तयारी गरिरहनु भएको छ । गोशलीले राजनीतिक विषय बस्तुसँग सम्बन्धि गोशली कविता संग्रह भाग १, धार्मिक कविता र गजल संग्रह समेटिएको गोशली कविता संग्रह भाग दुई र धार्मिक कविता समेटिएको गोशली कविता संग्रह भाग ३ प्रकाशित गरिसक्नु भएको छ ।
     ७६ वर्षिय गोशली बुढ्यौली भएकोले घरधन्दाको काम नगर्ने र समयको सदुपयोग गर्दै कविता, गीत तथा गजल लेख्दै आउनु भएको छ । चोर्थो कृतिको लागि संग्रह तयार पारी सकेको र चाँडै नै बजारमा ल्याउने गोशली बताउनुहुन्छ । खाली समयको सदुपयोग गरेर गोशलीले लेख्ने गरेको जानकारी दिनुभयो । बाल्यकाल देखि ने साहित्यमा रुची राख्ने  र लेख्ने गरेपनि पहिला भन्दा हाल धेरै रचना गर्ने गरेको उहाँले बताउनुभयो । पहिला व्यापार व्यवसाय र परिवारिक जिम्मेवारी धेरै हुँदा लेख्ने समय कम हुने गरेको र हाल फूर्सद धेरै भएकोले रचना पनि धेरै गरेको बताउनुभयो ।
 २००३ साल असोज २५ गते बुबा स्व.काजीमान गोशली र आमा स्व.बुद्धिमाया गोशलीको कोखबाट जन्मनु भएका गोशली समाज सेवा विशेष रुची छ । उहाँ क्षयरोग निवारण सस्था तनहुँको अध्यक्ष हुनुहुन्छ । उहाँले युवा अवस्थामा राजनीतिमा लागेर गाउँवासीको सुख र दुःखमा साथ दिने गर्नु भएको थियो । गोशली २०३९ सालमा क्यामिन गाउँपञ्चायतमा निर्वाचित हुनु भएको थियो । यस अघि उहाँ २०३३ सालमा गाउँ सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । आधुनिक उच्च शिक्षाको अभावमा पनि एक पटक सुनेका कुराहरुलाई पनि काव्यको रुप दिने क्षमता गोशलीसँग छ । धार्मिकयात्रा र सत्सँगमा जाँदा त्यहाँ देखेको र सुनेका विषयलाई जस्ताको तस्तै रुपमा कवितामा उर्ताने क्षमता भएको श्रीकृष्ण द्धैपायन जेष्ठ नागरिक सत्संग समितिका प्रेमप्रसाद भट्टराई बताउनुहुन्छ । गोशलीका अधिकांश रचनामा धर्मप्रति आस्था र विश्वास प्रचुर मात्रामा देखिन्छ । उहाँका रचनामा वृद्धावस्था, परदेशी, दशैं तिहार चाडपर्व श्रमिक र राष्ट्रको बारेमापनि कविता बोलेको गजलकार चन्द्रमोहन अधिकारी बताउनुहुन्छ । राजनीतिक विचलन, भ्रष्ट्राचार, विरुद्ध पनि कविताको माध्यमबाट गोशली खरो उत्रिने गरेको पाइने उहाँको कृति अध्ययन गर्नु भएका अधिकारी बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button