रोकिएन तनहुँमा चितुवा आतंक व्यास नगरपालिकामा आमा र छोरा घाईते

दमौली खबर संवाददाता
दमौली १३ भदौ । तनहुँमा चितुवाको आक्रमणबाट व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने वर्ष ४९ को दिलमाया गुरुङ र उहाँको नौ वर्षिय छोरा शङ्कर गुरुङ घाईते हुनु भएको छ । सव डिभिजन कार्यालय व्यासका प्रमुख नारायणप्रसाद कोईरालाले जानकारी दिनुभयो ।
घरको पिढीमा सुतिरहेको अवस्थामा आइतबार राती १२ः ३० बजे आक्रमण गरी घाईते बनाएको र घाईतेको दमौली अस्पतालमा उपचार गरी घर फर्किएको जानकारी उहाँले  दिनुभयो । घाईते आमा र छोरा स्वास्थ्यमा सुधार भईरहेको र खतरामुक्त रहेको वडा सदस्य गोकुल दुराले जानकारी दिनुभयो ।  हाल तनहुँमा नरभक्षी चितुवाको निरन्तर आक्रमण गरिहेको छ । बन्दीपुर गाउँपालिका–१ मा दुई  महिनाको अवधिमा चार जना घाईते बनाउनुका साथै एक बालकको मृत्यु भईसकेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button