म्याग्दे गाउँपालिका वडा नम्बर १ वालश्रम मुक्त वडा घोषणा

दमौली खबर संवाददाता
दमौली, ११ पुस । तनहुँको एक पालिकाले बालश्रम मुक्त वडा बनाउने कार्य अघि बढाएको छ । यस्तो कार्य गर्नेमा  म्याग्दे गाउँपालिका रहेको छ । यस क्रममा पालिकाद्धारा वडा नं १ लाई वालश्रममुक्त वडा घोषणा गरिएको छ ।
 वडा नं १ को अध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा वडालाई पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमका वीच वालश्रममुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, शिक्षा शाखाका प्रमुख वुद्धिसागर खनाल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
     एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरिक्षणवाट वडालाई वालश्रम मुक्त अभियान घोषणा गरिएको हो । संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर वालवालिकाको अवस्थाको वारेमा अध्यनन तथा अनुसन्धान गरेर वडालाई वालश्रममृक्त अभियान घोषणा गरेको हो ।
     कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले नेपालको सन्र्दभमा वालश्रम एउटा ठुलो चुनौ भएको वताउनुभयो ।  सरकारले नै वालश्रम मुक्त घोषणा संवैधानिक व्यवस्थामा नै गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिवले पिल्सिएका वालवालिका अझै पनि वाँच्नका लागी पुर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुखको विषय वताउनुभयो । यो वा त्यो वाध्यतामा वालवालिकाले श्रममा आश्रित हुनु भनेको संवैधानिक हक विपरित भएको हुदाँ वालवालिकाको अधिकारमा राज्य र सम्वन्धित निकाय चनाखो हुनुपर्ने वताउनुभयो । कलिलै उमेरमा हातमुख जोर्नका लागी विभिन्न श्रममा जोडिनु वाध्यता भएता पनि वालवालिकाको पढ्न, लेख्न, खेल्न पाउने नैसर्गिक अधिकारमा स्थानिय सरकार साधक वन्नुपर्ने समेत वहाँले वताउनुभयो । एकीकृत हरित विकास संस्थाले गरेको काम अति नै सहनिय भएको हुदाँ वडालाई वालश्रममुक्त घोषणा गरेर मात्र नहुने र अव त्यसको निरन्तरताको पक्षमा काम गर्नुपर्ने वताउनुभयो ।
     यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले अनाथ, असहाय र गरिवीको रेखामा रहेको वालवालिकाको  अभिभावकत्व प्रदान गर्नु आम म्याग्देवासीको जिम्मेवारी भएको वताउनुभयो । पालिका वालवालिकाको वृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा पालिकालाई नै वालश्रममुक्त पालिका घोषणा गर्ने गरि लागिएको वताउनुभयो । अझै पनि हाम्रो समाजको सोच पुरातनवादी भएको हुदाँ यसको व्यवहारिक कार्यन्वयनका लागी कठिन भएको समेत वताउनुभयो ।
     यसैगरि कार्यक्रमका अध्यक्ष एवं म्याग्दे १ का वडाध्यक्ष मणिभद्र वाग्लेले सवैको साथ र सहयोगले वडालाई वालश्रम मुक्त वडा घोषणा गर्न सकिएको हुदाँ अगामी दिनमा पनि यसको कार्यन्वयनका लागी वडा लागी पर्ने वताए । भोलिको सभ्य र सुन्दर समाज निर्माणमा आजको वालवालिकाको काँधमा ठुलो जिम्मेवारी रहेको हुन्छ हुँदा वालवालिकाको संरक्षण, हित र उत्थानका लागी वडाले अभिभावकिय भुमिका वहन गर्ने वताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button