बुढ्यौलीमा दुबै आँखाले हेर्ने रहर

व्यास नगरपालिका वडा नं ४ की ८० वर्षीया आस माय श्रेष्ठले तीन वर्ष देखि दाँया आँखाले देख्दीनन् । एक आँखाले मात्र काम गर्न उनलाई समस्या पर्छ  । आर्थिक अवस्था कमजोर भएकी उनलाई धेरै टाढा गएर आँखाको उपचार गराउने सपनासम्म कहिल्यै देखिनन् । यसैबीच, उनले फाुगन ११ गते व्यास २ बालमन्दिर विद्यालयमा आँखा शिविर सञ्चालन हुँदै छ भन्ने थाहा पाइन् । परिवारका सदस्यको साथमा उनी बालमन्दिर विद्यालयमा पु्गिन् ।

उपचारको क्रममा उनको आँखाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने चिकित्सकले सुझाव दिए । अप्रेसन गर्ने खर्च आफु सँग नभएकाले अप्रेसन गर्ने सोचबाट उनि हट्न खोजीन् । उनले भनिन्, ‘जुन शिविरमा जाँच गरेपनि अपरेशन गर्नुपर्छ भन्छन् । आफु सँग अपरेशन गर्ने पैसा छैन । पैसा भएको भए शिविर धाउन पर्थेन होला नि ?’ नगरपालिकाले उनको अपरेशनको खर्च व्यहोर्ने भएपछि उनि ढुक्क भईन् ।

उनले अघि भनिन्,‘ नदेखेको आँखाले पुनः देख्न नी है? नगरपालिकाले आफैले उपचार गदिने भनेको छ । यो खुसीको बयानै गर्न सक्तिनँ,’ श्रेष्ठले भनिन्, भनिन्, ‘आर्थीक कारणले गर्दा आँखा देख्ने मेरो सपना रोकिएको थियो । अब आँखा देखेपछि पक्कै दैनिक काम गर्न सहज हुनेछ ।’ श्रेष्ठको जस्तै अन्य ६४ जना जेष्ठ नागरिकको आँखाको अपरेशन नगरपालिकाले नै गरिदिने भएको छ । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले गरेको चारदिने आँखा शिविरमा सात सय ७० जनाले आँखा परिक्षण गराएका थिए ।

जसमा ६४ जनालाई अपरेशनको लागि पोखरा रिफर गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, ‘ उमेर ढल्किँदै जाँदा आँखासम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरेका थियौं । धेरैलाई मोतिबिन्दु भएको रै । उहाँहरुको अपरेशन नगरपालिकाको खर्चमा नै हुने छ ।’ शिविरमा नगरपालिकाका १४ वटै वडाका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनाका साथै आवश्यकताअनुसार निःशुल्क औषधि र चस्मा वितरण गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार शिविरको पहिलो दिन व्यास नगरपालिका–१, २, ३ र ४ का एक सय ६४ जना ज्येष्ठ नागरिकको आँखा जाँच गरिएको छ । फागुन १२ गते व्यास नगरपालिका–५, ६, ७ र ८ का दुई सय २१ जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । त्यस्तै फागुन १३ गते व्यास नगरपालिका–९, १०, ११, १२ का दुई सय १३ जनाको र फागुन १४ गते व्यास नगरपालिका–१३ र १४ का एक सय ७२ जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । अपरेशनको लागि पोखरा रिफर गरिएको ज्येष्ठ नागरिकलाई नगरपालिकाले नै पोखरा लैजाने र उपचार पश्चात फर्काएर ल्याउने बताईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button