एसईई परीक्षामा तनहुँबाट ६ हजार भन्दा बढी परीक्षार्थी, २४ केन्द्र तोकियो

दमौली खबर संवबददाता
फागुन २४

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा तनहँु जिल्लाबाट ६ हजार भन्दा परीक्षार्थी सहभागी हुने भएका छन्।

आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ६ हजार २ सय ८१ जना छात्रछात्रा सहभागी हुने भएका हुन्। यस वर्ष परीक्षामा जिल्लाका १ सय ७८ विद्यालयका परीक्षार्थीहरु २४ वटा केन्द्र तोकिएको शिक्षा समन्वय एकाइ तनहँुका प्रमुख रमकान्त शर्माले जानकारी दिए । परीक्षालाई मर्या्दित बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उनले बताए ।

उनले भने, “सरक्षा र शान्तीको हिसाब जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी दल सँग समन्वय गर्ने छौं । ” जिल्लामा रहेको १० ओटै स्थानीय तहमा केन्द्र रहेकोे उनले जानकारी दिए ।

ऋषिङमा र घिरिङमा केन्द्र थपिएको उनले बताए । विद्यालयहरु मर्ज भएकाले र भौगोलीक हिसाबको कारणले केन्द्र सारि थपिएको उनले बताए । गत वर्षको परीक्षमा व्यास नगरपालिकामा ७, म्यादे गाउँपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा ७, भिमाद नगरपालिकामा १, बन्दिपूर गाउँपालिकामा ३, भानगाउँपालिकामा ३, आबुँखैरेनी गाउँपालिकामा १ र देवघाट गाउँपालिकामा १ वटा मात्र परिक्षा केन्द्र रहेको थियो ।

उनले भने, “केन्द्र घटबढ गरिएको छैन्, २४ वटा केन्द्रमा २४ वटै केन्द्र रहेको छ । ” “परीक्षार्थीहरुलाई सहज होस् भन्ने हिसाबले केन्द्र सारिएको छ । ” उनले भने । सघियता लागु भएपछि स्थानिय तहलाई पनि आफनो अधिकारको लागि सबै तहमा परीक्षा केन्द्र राखिएको उनले बताए । त्यस्तै यता प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शान्ती सुरक्षाको लागि वैठक बस्ने भएको छ । परीक्षालाई मर्यादित ढङ्ग बाट सञ्चालन गर्न सुरक्षाको शान्त वातवारण मिलाउने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख विनोद शिलवालले एक केन्द्रमा सात देखि आठ जना नेपाल प्रहरी रहने बताए । नेपाल प्रहरीलाई समन्वय गर्नको लागि सशस्त्र प्रहरी पनि रहने उनले बताए । उनले भने, “यस वर्षको परीक्षा मयार्दित र शान्त वातावरणमा सञ्चालन हुने छ । ”

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button