आदिकवि भानुभक्त क्याम्पसमा नारी सचेतना कार्यक्रम

दमौली खबर संवबददाता
फागुन २४

आदिकवि भानुभक्त क्याम्पसमा एक सय १० औ नारी दिवसको सन्दर्भ पारेर शुक्रबार बिहान सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस र नेपाल मानव अधिकार संगठन तनहुँको संयुक्त आयोजनामा विविध सचेतना कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले उद्घाटन गरेकी थिईन् ।

सो अवसरमा अन्तर कलेज सास्कृतिक नृत्य प्रतियोगितामा प्रथम भएको कौरा नृत्य पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा क्याम्पसका सहायक प्राध्यापक प्राध्यापक मिना श्रेष्ठ द्वार लिखित बाल बिबाहको विरुद्धमा सचेतना बढाउने शिक्षामुलक ’बिहेवारि २० बर्ष पारी’ शिर्षकको लघु नाटक पनि प्रदर्शन गरिएको थियो । नाटकमा क्याम्पसको सहिद चन्द्र नेपाली छात्रावास बसेर अध्यन गर्दै आएका विद्यार्थीहरुले अभिनय गरेका थियो ।

नाटकमा उत्कृष्ट अभिनयका लागि उपाध्यक्ष श्रेष्ठले २ हजार, सृजना तिवारीले २ हजार र क्याम्पसका कक्षा ११ र 1२ का संयोजक चिरन्जिवी बस्नेतले २ हजार पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रम नेपाल मानव अधिकार संगठन तनहुँ शाखाका अध्यक्ष तथा क्याम्पसको शिक्षा शास्त्र बिभागका प्रमुख कल्पना लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस संचालक समितीका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख हड्खलेले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा क्याम्पस संचालक समिती सदस्य सरिता थापा, सबिता पण्डित र सृजना तिवारि, सहायक क्याम्पस प्रमुखहरु आत्माराम बास्तोला, सदाखर तिमिल्सिना र बिभागिय प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पस संचालक समिती सदस्य सरिता थापाले महिला अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने गण्डकी बाङमायका सहसचिब शान्ता बास्तोलाले कबिता बाचन गरेकी थिईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button