महिला शिक्षिकालाई नेतृत्व क्षमता बिकास तथा सशक्तिकरण प्रशिक्षण

नेपाल शिक्षक संघ महिला विभाग तनहँुको आयोजनामा महिला नेतृत्व क्षमताविकास तथा शसक्तीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बिद्यार्थीहरुको भविष्यका लागी शिक्षकहरुले अरोरात्र खटेर शिक्षा प्रदान गरेकोमा धन्यबाद दिदै, शिक्षा क्षेत्रलाई थप गुणस्तरीय बनाउन शिक्षक तथा संगठनको बिशेष महत्व रहने हुदा शिक्षकहरुलाई आफ्नो मर्यादाभित्र रहेर सहि शिक्षा प्रदान गर्न आग्रह गरेका छन् । स्थानीय सरकार आईसकेकाले अब शिक्षा क्षेत्रमा केही सहज हुने बताउदै , नगरपालीका तथा आफ्नो पहलमा यस क्षेत्रमा शिक्षा क्षेत्रमा बिशेष पहल गर्ने बताए ।

त्यस्तै जिल्ला समन्वय समिति तनहुँको उपप्रमुख पविा पौडलले , तमाम बिद्यार्थिको भबिष्य शिक्षकको काधंमा रहेकाले त्यो जीम्मेबारी बहन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो । सोही अबसरमा शिक्षक संघ राष्ट्रिय समितिको महासचिव अर्थ पुष्पकला भटराई, शिक्षक महासंघको उपमहासचिव विजयराज पौडेल, महासंघको प्रदेश उपमहासचिव शुलोचना पण्डित, तनहँु महासंघका अध्यक्ष रामचन्द्र पोख्रेरेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै , बदलीदो परीस्थीतीसंगै , चली आफ्नो बिद्यालयलाई गुरस्तरीय बताउनुपर्ने बताउदै , सुरुवात आफैबाट गर्नुपर्ने बताएका थिए ।कार्यक्रममा नगरप्रमुख न्यौपानेले, बिना कैनी लगायतले प्रशिक्षण दिईएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button